4 years ago
December 24, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध कमजोर प्रदर्शन गरेका छन् । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय १६ रन बनाएको छ । मेलबर्नका विकेटकिपर जो क्लार्क ५२ रनमा आउट भए । आन्द्रे रसेल तीन रनमा खेलि रहेका छन् ।

लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेपनि विकेट लिन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्ट हरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।
होबार्टका ओपनर बेन म्याकडेरमोटले ४३ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रन बनाए । कप्तान म्याथ्यु वेड ३९, डार्सी शर्ट २६ र टिम डेविडले २२ रन जोडे । मेलबर्न स्टार्सका आन्द्रे रसेलले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले २ विकेट लिए ।
सन्दीपको चार ओभर
सन्दीपलाई होबार्टले पाँचौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे । पहिलो बल अष्ट्रेलियाका स्टार अलराउन्डर मार्कस स्टोइनिसलाई एक रन दिएका सन्दीपले त्यसपछि दोस्रो र तेस्रो बल जो क्लार्कलाई डट राखे । चौथो बलमा एक रन, पाँचौं बलमा डट र अन्तिम बलमा एक रन खर्चिए ।
सातौं ओभरमा सन्दीपले सात रन खर्चिए । ग्लेन म्याक्सवेललाई पहिलो र जो क्लार्कलाई दोस्रो बलमा एक रन रन खर्चिए । तेस्रो बलमा एन, चौथो बलमा दुई, पाँचौं र छैटौं बलमा सन्दीपले एक एक रन खर्चिएका थिए ।
दशौं ओभरमा भने सन्दीप महँगो सावित हुँदै १९ रन खर्चिए । पहिलो बलमै क्लार्कले सन्दीपलाई डिप मिडविकेटमा छक्का प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा एक एक रन खर्चिए । चौथो बलमा क्लार्कले मिडविकेटमा चौका प्रहार गरेका थिए । अर्को बलमा डिप विकेटमा छक्का प्रहार गरेपछि सन्दीप महँगो सावित बनेका थिए । अन्तिम बलमा एक रन लिँदै स्ट्राइक हातमा राखे ।
१५ औं ओभरको पहिलो बलमा सन्दीपले आन्द्रे रसेललाई एक रन दिए । दोस्रो बलमा हिल्टन कार्टराइटलाई डट र तेस्रो बलमा एक रन दिए । चौथो बलमा रसेललाई डट राख्दा पाँचौं बलमा दुई रन र अन्तिम बलमा डट राख्दै स्पेल सकाए ।
जारी बिग ब्यासमा सन्दीप पाँच खेल मध्य तेस्रोमा विकेट विहीन बनेका हुन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिएका थिए । चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । सुरुवाती पाँच खेलमा सन्दीपको प्रदर्शन खराब छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]