default_image

4 years ago

December 24, 2021

सन्दीप सम्मिलित होबार्टको दोस्रो जित

187 views

0 Bookmark

एजेन्सी – लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२१/२२ मा दोस्रो जित हात पारेको छ । होबार्टले मेलबर्न स्टार्सलाई २४ रनले हराउदै दोस्रो जित हात पारेको हो ।

जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । मेलबर्न स्टार्सका जो क्लार्कले ४० बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन जोडे । हिल्टन कार्टराइट १८ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्कस स्टोइनिस १८, कप्तान ग्लेन म्याक्सवेल १२, जो बन्र्स २२ र आन्द्रे रसेल १२ रनमा आउट भए ।

होबार्ट हरिकेन्सका राइली मेरिडेथले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । थोमस रेजर्सले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । नाथन एलिसले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेपनि विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्ट हरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । होबार्टका ओपनर बेन म्याकडेरमोटले ४३ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान म्याथ्यु वेड २७ बलमा २ चौका र २ छक्का सहित ३९ रनमा आउट भए । डार्सी शर्ट २६ र टिम डेविडले २२ रन जोडे । मेलबर्न स्टार्सका आन्द्रे रसेलले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले २ विकेट लिए ।


सन्दीपको यस्तो रह्यो चार ओभर

सन्दीपले राम्रो सुरुवत गरेपनि विकेट लिन सकेनन् । सन्दीपलाई पाँचौं ओभरको पहिलो बल अष्ट्रेलियाका स्टार अलराउन्डर मार्कस स्टोइनिसलाई एक रन दिएका सन्दीपले त्यसपछि दोस्रो र तेस्रो बल जो क्लार्कलाई डट राखे । चौथो बलमा एक रन, पाँचौं बलमा डट र अन्तिम बलमा एक रन खर्चिए ।

सातौं ओभरमा सन्दीपले सात रन खर्चिए । ग्लेन म्याक्सवेललाई पहिलो र जो क्लार्कलाई दोस्रो बलमा एक रन रन खर्चिए । तेस्रो बलमा एन, चौथो बलमा दुई, पाँचौं र छैटौं बलमा सन्दीपले एक एक रन खर्चिए ।

दशौं ओभरमा भने सन्दीप महँगो सावित हुँदै १९ रन खर्चिए । पहिलो बलमै क्लार्कले सन्दीपलाई डिप मिडविकेटमा छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक एक रन खर्चिए । चौथो बलमा क्लार्कले मिडविकेटमा चौका प्रहार गरे । अर्को बलमा डिपविकेटमा छक्का प्रहार गरेपछि सन्दीप महँगो सावित बनेका थिए । अन्तिम बलमा एक रन ।


१५ औं ओभरको पहिलो बलमा सन्दीपले आन्द्रे रसेललाई एक रन दिए । दोस्रो बलमा हिल्टन कार्टराइटलाई डट र तेस्रो बलमा एक रन दिए । चौथो बलमा रसेललाई डट राख्दा पाँचौं बलमा दुई रन र अन्तिम बल डट राखे ।

होबार्ट पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा सिड्नी सिक्सर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ४४ रनले पराजित गरेको थियो । पर्थ स्कोचर्ससँग ५३ रन र ४२ रनले पराजित भएको थियो । होबार्टले छैटौं खेल सोमबार एडिलेड स्ट्राइकर्ससँग खेल्नेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.