default_image

4 years ago

December 24, 2021

नाबिलको उत्कृष्ट शतकसँगै नेपाललाई बंगलादेशको विशाल लक्ष्य

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर मोहम्मद प्रान्तिक नवरोज नाबिलको उत्कृष्ट शतकको सहयोगमा बंगलादेशले एसिसी यू–१९ एसिया कप २०२१ मा नेपाललाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९७ रन बनायो । बंगलादेशका मोहम्मद प्रान्तिक नवरोज नाबिलले १ सय १२ बलमा ११ चौका र १ छक्कासहित १ सय २७ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले । नाबिलले ९८ बलमा शतक पूरा गरेका थिए । ४७ औं ओभरको पहिलो बलमा गुलशन झालाई चौका प्रहार गर्दै उनले शतक पूरा गरेका थिए ।

नाबिल बंगलादेशले २०२० मा यू१९ विश्वकप जित्दा टोलीका सदस्य थिए । विश्वकप च्याम्पियन नाबिलले आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाउँदै नेपालविरुद्ध एक यादगार इनिङ खेले । मध्यक्रमका विकेटकिपर मोहम्मद फहिमले ५ ४ बलमा ३ चौका र ३ छक्का सहित ५८ रनमा रिटायर्ट हर्ट आउट भए ।

चौथो विकेटका लागि प्रान्तिक र फहिमले १ सय बलमा १ सय १७ रनको शतकीय साझेदारी गरेपछि बंगलादेशले बलियो योगफल तयार पारेको थियो । बंगलादेशका ओपनर मोहम्मद महफिजुल ईस्लाम र इफ्ताखर हसन इफिट्ले पहिलो विकेटका लागि ११ ओभरमा ३९ रनको साझेदारी गरेका थिए । स्पिनर तिलकराज भण्डारीले ११ औं ओभरको अन्तिम बलमा ईस्लामलाई विकेटकिपर अर्जुन साउदबाट १७ रनमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए ।

१६ औं ओभरको अन्तिम बलमा आदिल अन्सारीले एक्स्ट्रा कभरबाट सिधैं स्टम्प ताक्दै इफ्टिलाई २१ रनमा पेभेलिएन फर्काए । उनले ४५ बलमा २ चौका प्रहार गरे । आदिल अन्सारीले मोल्हालाई २२ रनमा विवेक रानामगरबाट क्याच गराउँदा बंगलादेश १०५–३ को अवस्थामा पुगेको थियो । त्यसपछि विकेट लिन नसक्दा बंगलादेशले बलियो योगफल तयार पारेको हो । मेहरोब हसन १५ बलमा ३ चौका सहित २१ रनमा बोल्ड आउट भए ।

नेपालका तीव्र गतिका बलर गुलशन झाले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए । मोहम्मद आदिल अन्सारीले ७ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । तिलकराज भण्डारीले ६ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.