default_image

4 years ago

December 24, 2021

नेपालको खराब सुरुवात

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १५ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ ।

नेपालका अर्जुन साउद २४ बलमा २ चौका सहित १४ रनमा अविजित छन् । अर्जुनलाई विवेक रानामगरले ९ रनमा साथ दिएका छन् ।
दोस्रो ओभरको चौथो बलमा मोहम्मद तान्जिम हसनले ओपनर अर्जुन कुमाललाई पाँच रनमा बोल्ड आउट गरे । हसन ले नै आठौं ओभरको पहिलो बलमा कप्तान तथा नेपालका प्रमुख ब्याटर देव खनाललाई १२ रनमा बोल्ड गरेपछि नेपाल दबाबमा परेको थियो । अर्को ओभरको दोस्रो बलमा कप्तान रकिबुल हसनले सन्तोष कार्कीलाई गाजी मोहम्मद तहजिबुलबाट तीन रनमा स्टम्पिङ आउट भएसँगै नेपाल २३–३ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो । बंगलादेशका मोहम्मद प्रान्तिक नवरोज नाबिलले १ सय १२ बलमा ११ चौका र १ छक्कासहित १ सय २७ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले । मध्यक्रमका विकेटकिपर मोहम्मद फहिमले ५ ४ बलमा ३ चौका र ३ छक्का सहित ५८ रनमा रिटायर्ट हर्ट आउट भए । चौथो विकेटका लागि प्रान्तिक र फहिमले १ सय बलमा १ सय १७ रनको शतकीय साझेदारी गरेपछि बंगलादेशले बलियो योगफल तयार पारेको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.