4 years ago
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १ सय ४३ रनमा अल आउट भयो । नेपालका तल्लोक्रमका गुलशन झाले २८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३५ रन बनाए । विवेक रानामगरले ६० बलमा ४ चौका सहित ३३ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
दोस्रो ओभरको चौथो बलमा मोहम्मद तान्जिम हसनले ओपनर अर्जुन कुमाललाई पाँच रनमा बोल्ड आउट गरे । हसनले नै आठौं ओभरको पहिलो बलमा कप्तान तथा नेपालका प्रमुख ब्याटर देव खनाललाई १२ रनमा बोल्ड गरेपछि नेपाल दबाबमा परेको थियो । अर्को ओभरको दोस्रो बलमा कप्तान रकिबुल हसनले सन्तोष कार्कीलाई गाजी मोहम्मद तहजिबुलबाट तीन रनमा स्टम्पिङ आउट भएसँगै नेपाल २३–३ को कमजोर अवस्थामा पुगेको थियो ।
विकेटकिपर अर्जुन साउद ३८ बलमा २ चौका प्रहार गर्दै १५ रनमा क्याच आउट भए । नेपालले ३१ औं ओभरमा दुई विकेट गुमाएको थियो । स्पिनर बशिर अहमद ४२ बलमा ८ रन जोड्दै आउट भए । अन्तिम बलमा विवेक रानामगर आउट भए । ३१ ओभरमा ८१–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि विवेक यादव र गुलशन झाले ५९ बलमा ६० रनको साझेदारी गर्दै हारको अन्तर घटाएका थिए । विवेक ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा क्याच आउट भए । बंगलादेशका मोहम्मद तान्जिन हसन, रकिबुल हसन र एसएम मेहरोब हसन र होहमान नयोनले २–२ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो । बंगलादेशका शीर्षक्रमका ब्याटर मोहम्मद प्रान्तिक नवरोज नाबिलले १ सय १२ बलमा ११ चौका र १ छक्कासहित १ सय २७ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले ।

नाबिल बंगलादेशले २०२० मा यू१९ विश्वकप जित्दा टोलीका सदस्य थिए । मध्यक्रमका विकेटकिपर मोहम्मद फहिमले ५ ४ बलमा ३ चौका र ३ छक्का सहित ५८ रनमा रिटायर्ट हर्ट आउट भए ।
चौथो विकेटका लागि प्रान्तिक र फहिमले १ सय बलमा १ सय १७ रनको शतकीय साझेदारी गरेपछि बंगलादेशले बलियो योगफल तयार पारेको थियो । बंगलादेशका ओपनर मोहम्मद महफिजुल ईस्लाम र इफ्ताखर हसन इफिट्ले पहिलो विकेटका लागि ११ ओभरमा ३९ रनको साझेदारी गरेका थिए । स्पिनर तिलकराज भण्डारीले ११ औं ओभरको अन्तिम बलमा ईस्लामलाई विकेटकिपर अर्जुन साउदबाट १७ रनमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए ।
१६ औं ओभरको अन्तिम बलमा आदिल अन्सारीले एक्स्ट्रा कभरबाट सिधैं स्टम्प ताक्दै इफ्टिलाई २१ रनमा पेभेलिएन फर्काए । उनले ४५ बलमा २ चौका प्रहार गरे । आदिल अन्सारीले मोल्हालाई २२ रनमा विवेक रानामगरबाट क्याच गराउँदा बंगलादेश १०५–३ को अवस्थामा पुगेको थियो । त्यसपछि विकेट लिन नसक्दा बंगलादेशले बलियो योगफलको आधार तय गरेको थियो । मेहरोब हसन १५ बलमा ३ चौका सहित २१ रनमा बोल्ड आउट भए ।
नेपालका तीव्र गतिका बलर गुलशन झाले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए । मोहम्मद आदिल अन्सारीले ७ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । तिलकराज भण्डारीले ६ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न नेपालले श्रीलंकालाई हराउनै पर्ने हुन्छ ।
समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् । समूह बी मा नेपाल, श्रीलंका, बंगलादेश र कुवेत छन् । हरेक टोलीका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल डिसेम्बर ३० र फाइनल डिसेम्बर ३१ मा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]