4 years ago
December 26, 2021
एजेन्सी – एसिसी यू१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : १५ मा शाहजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल देव खनाल र श्रीलंका दुनिथ वेललेजको कप्तानीमा मैदान उत्रने छन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । श्रीलंकाले पहिलो खेलमा कुवेतलाई २ सय ७४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । टेस्ट टोली श्रीलंका नेपाललाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना जीवितै राख्न नेपालले श्रीलंकालाई हराउँनै पर्ने हुन्छ । नेपाल आजको खेलमा पराजित भएमा प्रतियोगिता समूह चरणबाटै बाहिरिने छ ।
बंगलादेशविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुबै खराब प्रदर्शन गरेको थियो । बलिङ नेपालको प्रमुख हतियार हँुँदै आएको छ । तीव्र गतिका बलरले आजको खेलमा उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ । यस पटक टोलीको बलिङ नै कमजोर देखिएको छ । नेपाली सिनियर टोलीबाट खेलि सकेका गुलशन झा खराब लयमा छन् । पहिलो खेलमा गुलशनले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिएका थिए । अर्का तीव्र गतिका बलर दुर्गेश गुप्ताले ९ ओभरमा ५९ रन खर्चेका थिए । मोहम्मद आदिल अन्सारीले ७ ओभरमा ४३ रन खर्चेर १ विकेट लिएका थिए ।

नेपालले आज अन्सारी वा दुर्गेश मध्य एकको स्थानमा प्रकाश जैसीलाई मौका दिन सक्छ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका प्रकाश नै नेपालको राम्रो विकल्प हुन् । पहिलो खेलमा अस्वस्थका कारण उपकप्तान शेर मल्ल खेल्न सकेका थिएनन् । स्पिनर बशिर अहमदको स्थानमा शेर मल्ललाई मौका दिने सम्भावना छ । शेर फिट भई सकेका छन् ।
शीर्षक्रमका तीन ब्याटरको प्रदर्शन पहिलो खेलमा कमजोर थियो । कप्तान देव खनाल, अर्जुन कुमाल र सान्तोष कार्कीलाई राम्रो सुरुवात दिन आवश्यक देखिन्छ । बंगलादेशविरुद्ध विवेक रानामगरले ३३ रन जोड्दै राम्रो संकेत दिएका थिए । विकेटकिपर अर्जुन साउदलाई पनि ठूलो इनिङको दवाव छ । विवेक, गुलशन र शेर मलल तल्लोक्रमका ब्याटर हुनेछन् ।
कुवेतलाई हराउन श्रीलंका पवन पथिराजाले ८६ रनको इनिङ खेलेका थिए । ओपनर चामिन्दु विक्रमसिंधे र शेभन ड्यानियल श्रीलंका ओपनर हुन् । यी दुबै ओपनर राम्रो लयमा देखिएका छन् । सदिशा राजपक्षे र रानुदा सोमाराथने मध्यक्रमका ब्याटर हुन् । सदिशा राजपक्षे र दुनिथ बलिङमा घातक बन्न सक्ने बलर हुन् ।
हेड टु हेड :
२००८ यता नेपाली यू१९ र श्रीलंका यू१९बीच पाँच खेल भएका छन् । सबै खेलमा नेपाल पराजित भएको थियो । २०१६ को एसिया कप बाहेक अन्य सबै खेलमा नेपालले सहजै हारेको छ । २०१६ मा भने नेपाल एक रनले पराजित भएको छ । दीपेन्द्रसिंह ऐरीले ९० रनको इनिङ खेलेपछि जित नजिक पुगेर पराजित भएको थियो ।
नेपाली यूः१९ टोली :
देव खनाल (कप्तान), शेर मल्ल (उप-कप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।
प्रशिक्षक : वसन्त शाही ठकुरी
नेपालको खेल तालिका
पुष ११ (२६ डिसेम्बर) – श्रीलंका
पुष १३ ( २८ डिसेम्बर) – कुवेत
पुष १५ (३० डिसेम्ब), सेमिफाइनल– दुबै समूहका शीर्ष दुई दुई टोली
पुष १६ (३१ डिसेम्बर), फाइनल– सेमिफाइनल विजेता
अंक तालिका
पाकिस्तान समूह ए मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारत २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई २ खेलमा अंक विहीन हुँदै पुछारमा छ । युएई प्रतियोगिताबाट बाहिरी सकेको छ ।
समूह बी मा बंगलादेश २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । कुवेत २ खेलमा अंक विहीन हुँदै तेस्रो र नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । नेपालले आइतबार श्रीलंका र मंगलबार कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न नेपालले बाँकी दुई खेलमा फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]