4 years ago
December 26, 2021
एजेन्सी – एसिसी यू१९ एसिया कपमा नेपालले श्रीलंकासँग खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । शाहजाह क्रिकेट स्टेडियममा श्रीलंका दुनिथ वेललेजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर दुर्गेश गुप्तालाई बेन्चमा राख्दै स्पिन अलराउन्डर तथा उपकप्तान शेर मल्ललाई टोलीमा मौका दिएको छ । त्यस्तै ओपनर अर्जुन कुमालको स्थानमा बसन्त कार्कीलाई मौका दिएको छ ।
तीव्र गतिका बलर दुर्गेश गुप्ताले ९ ओभरमा ५९ रन खर्चेका थिए । अर्जुन कुमाल ५ रनमा आउट भएका थिए । आजको खेलमा देव खनाल र सन्तोष कार्कीले ओपनिङ गर्नेछन् ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । श्रीलंकाले पहिलो खेलमा कुवेतलाई २ सय ७४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । टेस्ट टोली श्रीलंका नेपाललाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना जीवितै राख्न नेपालले श्रीलंकालाई हराउँनै पर्ने हुन्छ । नेपाल आजको खेलमा पराजित भएमा प्रतियोगिता समूह चरणबाटै बाहिरिने छ ।
नेपालको प्लेइङ ११ :
देव खनाल (कप्तान), विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, बसन्त कार्की, बशिर अहमद, शेर मल्ल र अर्जुन साउद ।
हेड टु हेड :
२००८ यता नेपाली यू१९ र श्रीलंका यू१९बीच पाँच खेल भएका छन् । सबै खेलमा नेपाल पराजित भएको थियो । २०१६ को एसिया कप बाहेक अन्य सबै खेलमा नेपालले सहजै हारेको छ । २०१६ मा भने नेपाल एक रनले पराजित भएको छ । दीपेन्द्रसिंह ऐरीले ९० रनको इनिङ खेलेपछि जित नजिक पुगेर पराजित भएको थियो ।
अंक तालिका
पाकिस्तान समूह ए मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारत २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई २ खेलमा अंक विहीन हुँदै पुछारमा छ । युएई प्रतियोगिताबाट बाहिरी सकेको छ ।
समूह बी मा बंगलादेश २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । कुवेत २ खेलमा अंक विहीन हुँदै तेस्रो र नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । नेपालले आइतबार श्रीलंका र मंगलबार कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न नेपालले बाँकी दुई खेलमा फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]