4 years ago
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका ब्याटर वसन्त कार्की एसिसी यू–१९ एसिया कपको लागि नेपाली टोलीमा परेका छन् । नेपालले एसिसी यू–१९ एसिया कपमा आइतबार श्रीलंकासँग खेल्दा उनी टोलीको प्लेइङ ११ मा छन् ।

नेपाली यू–१९ टोलीमा रहेका राहुल भण्डारीलाई कोरोना पोजेटिभ आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा वसन्त कार्कीलाई पठाएको क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । राहुल यू१९ टोली युएई जानुअघिनै कोरोना पोजेटिभ देखिएको थियो । त्यसैले उनी यू१९ टोलीसँग युएई गएका थिएनन् ।
शुक्रबार सम्म राहुलको कोरोना परिक्षण पोजेटिभ आएपछि वसन्तलाई पठाएको विनोदले जानकारी दिए । वसन्तले यू१९ राष्ट्रिय प्रतियोगितामा औसत प्रदर्शन गरेका थिए । यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट वसन्तले ७ खेलमा १ सय ५० रन बनाएका थिए ।
वसन्तले तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।

लुम्बिनीविरुद्ध मुलपानी मैदानमा सातौं नम्बरमा ब्याटिङ गर्दै वसन्तलेले ७५ बलमा ५ चौका र २ छक्कासहित ५७ रनको इनिङ खेलेका थिए । प्रदेश २ विरुद्ध २७, गण्डकीविरुद्ध ११, प्रदेश १ विरुद्ध ३७, बागमतीविरुद्ध ११ र फाइनलमा लुम्बिनीविरुद्ध ७ रनमा आउट भएका थिए ।
वैकल्पिक खेलाडीमा वसन्तसँगै तीव्र गतिका बलर अनुज चनारा, ब्याटर विपिन शाही, कमल परियार र सोनु अन्सारी थिए । सोनु र अजुन चनाराको सम्भावना बलियो थियो । तर क्यानले वसन्तलाई सुटुक्क युएई पठाएको थियो ।
नेपालले श्रीलंकासँग खेलमा अर्जुन कुमाललाई बेन्चमा राख्दै वसन्तलाई मौका दिएको छ । पहिलो खेलमा अर्जुन पहिलो खेलमा ५ रनमा आउट भएका थिए । श्रीलंकाविरुद्ध देव खनाल र सन्तोष कार्कीले ओपनिङ गर्नेछन् । त्यस्तै बंगलादेशविरुद्ध ९ ओभरमा ५९ रन खर्चेका तीव्र गतिका बलर दुर्गेश गुप्तालाई पनि बेन्चमा राखेको छ । स्पिन अलराउन्डर शेर मल्ल टोलीमा फर्किएका छन् । बिरामी हुँदा शेर बंगलादेशविरुद्ध खेलेका थिएनन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]