default_image

4 years ago

December 26, 2021

श्रीलंकाविरुद्ध नेपालको कमजोर सुरुवात

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू–१९ एसिया कपमा आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध कमजोर बलिङ सुरुवात गरेको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले सुरुवाती २० ओभरमा १ विकेट गुमाउँदै ९७ रन बनाएको छ ।


श्रीलंकाका ओपनर चामिदु विक्रमसिंघे ६२ बलमा ४ चौका सहित ४१ रनमा अविजित छन् । सदिशा राजपक्षे ३३ बलमा ३ चौकासहित ३० रनमा अविजित छन् । ओपनर चामिदु र शेभन डेनियलले पहिलो विकेटका लागि १०.१ ओभरमा ३९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

कप्तान देव खनालले डेनियललाई १७ रनमा कट एण्ड बोल्ड आउट गरे । श्रीलंकाविरुद्ध पनि नेपालका प्रमुख बलरले सुरुवाती समय खराब लयलाई निरन्तरता दिएपछि नेपालले अपेक्षा अनुसार सुरुवात गर्न नसकेको हो । सिनियर टोलीबाट खेलि सकेका तीव्र गतिका बलर गुलशन झाले ४ ओभरमा १७ रन र आदिल अन्सारीले समान ओभरमा १३ रन खर्चेका छन् । देव खनालले ५ ओभरमा १ मेडनसहित २२ रन खर्चेर १ विकेट लिएका छन् । शेर मल्लले ४ ओभरमा २७ खर्चेका छन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना जीवितै राख्न नेपालले श्रीलंकालाई हराउँनै पर्ने हुन्छ । नेपाल आजको खेलमा पराजित भएमा प्रतियोगिता समूह चरणबाटै बाहिरिने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.