default_image

4 years ago

December 26, 2021

एपीएफलाई प्रधानमन्त्री कपको उपाधि

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा एपीएफले साविक विजेता प्रदेश नम्बर एकलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा ओपनर ज्योति पाण्डे ३९ बलमा ६ चौकासहित ३६ रनको अविजित विजयी इनिङ खेलिन् । ममता चौधरी २३ बलमा २ चौका सहित १९ रनमा अविजित रहिन् । ओपनर इन्दु बर्मा ५, रजमती ऐरी शून्य र रोमा थापा ४ रनमा आउट भइन् । प्रदेश एककी कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि फाल्पा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो । एपीएफकी रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् । काजल श्रेष्ठ ४ र अप्सरी बेगम ११ रन बनाए । एपीएफकी सीता रानामगरले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् ।

रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् । गतवर्ष प्रदेश एक ले एपीएफलाई ६ रनले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिता विजेता एपीएफले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख प्राप्त गर्ने छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.