default_image

4 years ago

December 26, 2021

दुई शतकसँगै नेपाललाई श्रीलंकाको विशाल लक्ष्य

221 views

0 Bookmark

एजेन्सी – ओपनर चामिन्दु विक्रमसिंघे र सदिशा राजपक्षेको उत्कृष्ट शतकको सहयोगमा श्रीलंकाले एसिसी यू–१९ एसिया कपमा नेपाललाई ३ सय २३ रनको विशाल लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय २२ रन बनायो । श्रीलंकाका तेस्रो नम्बरका ब्याटर सदिशा राजपक्षेले १ सय १९ बलमा ११ चौका र २ छक्का सहित १ सय ३१ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।

ओपनर चामिन्दु विक्रमसिंघे १ सय २६ बलमा ८ चौका र २ सहित १ सय ११ रनको शतकीय इनिङ खेले । दोस्रो विकेटका लागि चामिन्दु र सदिशाले १ सय ९७ बलमा २ सय २३ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि नेपाली बलर श्रीलंका ब्याटर सामू निरीह बनेका थिए ।

ओपनर चामिदु र शेभन डेनियलले पहिलो विकेटका लागि १०.१ ओभरमा ३९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । नेपालले दोस्रो विकेट ४३ औं ओभरको अन्तिम बलमा लिएको थियो । आदिल अन्सारीको बलमा चामिन्दु विवेक रानामगरबाट क्याच हुन पुगेका थिए ।

सदिशालाई आदिल अन्सारीले ४९ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरे । दुनिथ नेथमिका बलमा चौका सहित रनमा अविजित रहे ।

नेपालका मोहम्मद आदिल अन्सारीले ९ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । कप्तान देव खनालले ९ ओभरमा १ मेडनसहित ५५ रन खर्चेर १ विकेट लिए । विवेक यादवले ७ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ६ ओभरमा ३० रन खर्चेपनि विकेट लिन सकेनन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.