default_image

4 years ago

January 6, 2022

खवाजाको शतकसँगै अष्ट्रेलियाको बलियो योगफल

170 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका बायाँ हाते ब्याटर उस्मान खवाजाले उत्कृष्ट शतकीय पूनरागमन इनिङ खेलेपछि अष्ट्रेलियाले एसेज सिरिज अन्तर्गत इंग्ल्यान्डसँगको चौथो टेस्ट खेलको पहिलो इनिङमा बलियो योगफल बनाएको छ ।

दोस्रो दिन अष्ट्रेलियाले पहिलो इनिङमा १३४ ओभरमा ४१६–८ को अवस्थामा समाप्तिको घोषणा गर्योे । अष्ट्रेलिया उस्मान खवाजाले २ सय ६० बलमा १३ चौका सहित १ सय ३७ रनको शतकीय इनिङ खेले । खवाजाको टेस्टको नवौं शतक हो । खवाजाले २०१९ अगष्टमा इंग्ल्यान्डसँग एसेज सिरिपछि पहिलो पटक खेलेका हुन् ।

उपकप्तान स्टिभ स्मिथले १ सय ४१ बलमा ५ चौका सहित ६७ रनको अर्धशतकीय इनिङ खेले । चौथो विकेटका लागि स्मिथ र खवाजाले २ सय ६३ बलमा १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए ।

डेविड वार्नर ७२ बलमा ६ चौका सहित ३० रनमा स्टुअर्ट व्रोड बलमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए । मार्कस हरिस ३८ र मार्नस लाबुसेन २८ रनमा क्याच आउट भए । त्यसपछि स्मिथ र खवाजाको शतकीय साझेदारीले अष्ट्रेलिया सम्हाल्लिएको थियो । मिचेल स्टार्क ३४ र नाथन लायन १६ रनमा अविजित रहे । प्याट कमिन्स २४, एलेक्स केरी १३ र क्यामरन ग्रिन ५ रन बनाए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर स्कअर्ट ब्रोडले २९ ओभरमा ५ मेडनसहित १ सय १ रन खर्चेर ५ विकेट लिए । दोस्रो दिन अन्तिम समय पहिलो इनिङ थालेको इंग्ल्यान्ड ५ ओभरमा १३ रन जोड्न कुनै विकेट गुमाएको छैन ।

ओपनर ज्याक क्रली र हसिब हमिद २–२ रनमा अविजित छन् । पाँच टेस्टको एसेजमा घरेलु टोली अष्ट्रेलियाले सुरुवाती तीन खेल्दै ट्रफी जितेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.