default_image

1 hour ago

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

338 views

0 Bookmark

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ।

२ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो।

भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक प्रहार गरे। १ सय २१ बल खेलेका उनले १२ चौका र २ छक्का सहित १ सय १६ रनमा अविजित रहे।

जयसवालले पहिलो विकेटका‌ लागि रोहित शर्मासँग १ सय ५५ रनको साझेदारी गरे। रोहितले ७३ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ७५ रन बनाए।

यो खेलसँगै रोहित शर्माले २० हजार अन्तर्राष्ट्रिय रन पूरा गरेका छन् । भारतीय क्रिकेटरमा रोहित अघि सचिन तेन्दुलकर, विराट कोहली र राहुल द्रविडले मात्र यो उपलब्धि बनाएका छन्।

कोहलीले पनि उत्कृष्ट फर्म कायम राख्दै आज अविजित ६५ रन जोडे। ४५ बलमा खेलेका उनले विजयीसहित ६ चौका र ३ छ्क्का प्रहार गरे। जैसवाल आज प्लेयर अफ दि म्याच चुनिए। अघिल्ला दुवै ओडिआईमा शतक बनाएका कोहली म्यान अफ दि सिरिज घोषित भए।

त्यसअघि दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरेको थियो। ओपनर क्विन्टन डे ककले ८९ बलमा १ सय ६ रन बनाउँदै भारतविरुद्ध आफ्नो सातौँ ओडिआई शतक पूरा गरे।

तर त्यसपछि भारतका प्रसिद्ध कृष्णा र कुलदीप यादवले घातक बलिङ गरे। दुवैले समान ४ विकेट लिएपछि दक्षिण अफ्रिकालाई ४७.५ ओभरमा २ सय ७० रनमै समेटियो।

डेवाल्ड ब्रेविस (२९) र मार्को जान्सेन (१७) ले केही प्रतिरोध गरे पनि कुलदीपले उनीहरूलाई आफ्नो शिकार बनाए ।

यस खेलअघि भारतले २० एकदिवसीय खेल लगातार टस हारेको थियो। तर यो खेलमा कप्तान केएल राहुलले टस जितेर फिल्डिङ रोजे र निर्णय सफल पनि भयो।

यसअघिको टेस्ट सिरिजमा दक्षिण अफ्रिकाले भारतलाई २- ० हराएको थियो । दुई टोलीबीचको ५ खेलको टि ट्वान्टी सिरिज मंगलबार कटकमा सुरु हुनेछ।

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

Success

Thank you for your time.