4 years ago
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली तथा नेपाल एपिएफ क्लबका युवा ओपनर आसिफ शेखले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध शतकबाट चुक्दा आफूलाई पछुतो नभएको बताएका छन् ।

आसिफले ४३ बलमा १० चौका ५ छक्कासहित ८६ रनको उत्कृष्ट इनिङ खेलेपछि नेपाल एपिएफले क्लबले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । लोकेश बलमे १८ बलमा ९ छक्का र २ चौकासहित ६६ रनको अविजित इनिङ खेले । आसिफ ८४ रनमा क्याच भएपछि टि२० कअिरको दोस्रो शतक बनाउन १६ रनले चुकेका थिए । मध्य गतिका बलर सुमित श्रेष्ठको बलमा ठूलो सट खेलेका आसिफ डिप मिडविकेटमा विक्रम सोबबाट क्याच हुन पुगे ।
आसिफले ८४ रनमा आउट हुँदा आफूलाई पछुतो नभएको बताए । ‘मलाई त्यस्तो पछुतो कहिले अनुभव हुँदैन । स्कोर जति हुन्छ धेरै सदुपयोग गर्ने योजना थियो । सट खेलें तर लागेन’, उनले भने ।
आसिफले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर शतकको लागि भने चुक्दै आएका छन् । ‘शतकको लागि प्रयास गरिरहेको छु । जे भएपनि मेरो क्षेत्रमा आएको बल बाउन्ड्रीको लागि खोजिरहेको हुन्छु । खेल्ने समयमा शतक कहिले पनि दिमागमा आउँदैन । जबसम्म रन लागेको हुन्छ आफ्नो सटहरु खेल्छु,’ उनले भने ।

आसिफ पछिल्लो आक्रामक ब्याटिङ गर्दै आएका छन् । आसिफले आफ्नो शैलीमा भने कुनै परिवर्तन नगरेको बताउँछन् । ‘मलाई लाग्दैन मैले केहि परिवर्तन गरेको छु । पहिला मेरो जुन तरिका थियो अहिले पनि त्यहि हो । पहिला प्रदर्शन भएको थिएन । अहिले नतिजा आएर केहि परिवर्तन देखिएको होला । तर त्यस्तो परिवर्तन केहि भएको छैन,’ उनले प्रष्ट पारे ।
नेपालले अर्को महिना टि२० विश्वकप ग्लोबल छनोट ए खेल्दै छ । यस प्रदर्शनले कतिको सहयोग गर्छ भन्ने प्रश्नमा आसिफले भने, ‘हाम्रो लागि महत्त्वपूर्ण प्रतियोगिता छ । यहाँबाट राम्रो गरेर गए भने त्यहाँ प्रदर्शन पनि आउँछ ।’
आसिफले यसपटक विकेट (पिच) राम्रो हुँदा रन बनेको बताउँछन् । ‘जुन सट मैले खेल्छु त्यसको लागि राम्रो विकेट हुनुपर्छ । विकेट राम्रो भएन भने बल ब्याटमा आउँदैन । यसको श्रेय ग्राउन्ड स्टाफलाई जान्छ । जसरी हाम्रो लागि विकेट बनाइदिनु भएको छ ।’

बुधबार हुने पीएम कप टि२० को फाइनलका लागि कुनै विशेष योजना नरहेको उनले बताए । ‘मैले पहिला पनि भनेको थिए । मेरो लागि हरेक खेल महत्त्वपूर्ण हुन्छ । प्रतियोगितामा राम्रो सुरुवात भएको थियो । भोली अन्तिम खेल हो । त्यसलाई पनि अन्त्य राम्रो गर्न चाहन्छु’, आसिफले भने,’ मेरो लागि अगाडी विपक्षी टोली हो । पक्कैपनि विपक्षी बलरबारे अध्ययन गर्छु । तर सबै खेलमा मेरो प्रक्रिया त्यहि नै हो ।’
आसिफकै सानदार इनिङमा एपिएफले आर्मीलाई ४७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । यता नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । पुलिस र एपिएफबीचको फाइनल बुधबार १० बजे टियु मैदानमा सुरु हुनेछ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]