2 hours ago
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ ।
कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका निर्देशक अफजल हुसैनले प्रतियोगितामा ७ टिमको सहभागिता रहने बताए । उनले पत्रकार सम्मेलनमा ७ टोलीका मालिक पनि घोषणा गरिएको थियो ।
केपिएलमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेष्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।
नमुना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको कल्पित ढकाल, विर्तामोड हिट्सको मालिक अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् । त्यस्तै, पूर्वेली सुपर किंग्सको मालिकमा संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिंदेल छन् ।
एभरेष्ट थन्डर्सको मालिक आकाश खड्का हुन् । बिएन कोशी अर्नासको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई, किरण खड्का, अमर्दीप सापकोटा र रघुनाथ सापकोटा मालिक हुन् ।
केपिएलको लागि हरेक टोलीले १८ खेलाडी राख्नै पर्ने नियम रहेको छ । जसमा एक मार्की, एक आइकोनिक, ३ जना ड्राफ (जो राष्ट्रिय टोलीका हुनेछन्), क्याटगोरी ‘ए’ का ३, क्याटगोरी ‘बी’ का २ तथा क्याटगोरी ‘सी’ का १ खेलाडी रहनेछन् ।

केपिएलका निर्देशक अफजल हुसैनले भने, ‘केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुनेमा आशावादी छु । यही प्रतियोगिताबाट नेपालीहरुको सपना बनेको नेपाल प्रिमियर लिग (एनपिएल) र नेपालको उमेर समूह तथा राष्ट्रिय टिमको लागि नयाँ खेलाडीहरु उत्पादन हुनेमा विश्वस्त छु ।’
अक्सन मिति छिट्टै घोषणा गर्ने पनि बताएको छ । अक्सनका लागि आयोजकले खेलाडी दर्ता प्रक्रिया सुरु खुला गरिसकेको छ । खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन् ।
अक्सनमा क्याटगोरी क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य ५ हजारदेखि २५ हजारसम्म तोकिएको छ ।
क्यानका सचिव पारस खड्काले केपिएलको सफलताको लागि शुभकामना दिए । ‘घरेलु क्रिकेटलाई व्यवसायिक बनाउन यस्तो प्रतियोगिता हुनु राम्रो कुरा हो । कोशी प्राइड लिग तेस्रो संस्करण हुँदैछ । त्यसको लागि टिमलाई शुभकामना छ,’ सचिव खड्काले भने, ‘आफैले निजि मैदानलाई परिपक्क बनाएर प्रतियोगिता गर्दै हुनुहुन्छ । कोशी प्राइड लिग हुँदा अन्य प्रदेशलाई पनि यस्तै बिगेस्ट लिग गर्न अवसर छ ।’
प्रतियोगिताको संयोजक गोविन्द पौडेलले केपुएल प्रतियोगिता मात्र नभई युवा प्रतिभाको पाहिचान गर्ने स्थल भएको र यसले नेपाली क्रिकेट विकासमा मद्दत पुग्ने धारणा राखे ।
सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष तथा टेक्निकल हेड चेतनाथ पौडेलले कोशीले क्यान निलम्बन हुँदा पनि प्रतियोगिता आयोजना गर्दै आएको र यो लिगले खेलाडीको क्षमता बढाउन सहयोग पुग्ने बताएका छन् ।
‘हामीले लामो समय देखि कोशीमा विभिन्न प्रतियोगिता गर्दै आइरहेका छौं । क्यान निलम्बन हुँदा समेत सुनसरीमा लिग गर्न सफल भएको थियौ । कोशीमै गतिलो मैदान नहुँदा कोशी प्राइड लिग हुनु सुखद् हो । यसले खेलाडीलाई सुसज्जित बनाउन तथा ब्यक्तिगत क्षमता बढाउन सहयोग गर्नेछ ।
झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाले एनपिएलको चर्चापछि धेरै स्थानीय लिग सुरु हुँदै गएको बताए । उनले एनपिएलमा खेल्न नपाएका खेलाडीको लागि यो प्रतियोगितामा क्षमता देखाउने माध्यम भएको बताएका छन् ।
उनले थपे ‘दोस्रो एनपिएल भर्खरै सम्पन्न भएको छ । एनपिएलको चर्चा पछि धेरै प्रतियोगिता भएका छन् । निरन्तर गर्न सक्नु नै ठूलो कुरा हो । कोशी प्राइड लिग प्रतियोगिता एनपिएलमा सहभागी नभएका खेलाडीकोलाई मौका समेत हो ।’
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]