4 years ago
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान १० बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । दुवै टोली अपराजित यात्राका साथ उपाधि जित्न चाहन्छन् ।

पुलिस समूह ए मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । एपिएफले समूह बी मा अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । पुलिसले सेमिफाइनलमा बागमतीलाई ५० रन र एपिएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा पुगेका हुन् ।
एपिएफका आसिफ शेख, प्रदीप ऐरी र लोकेश बम प्रमुख हतियार हुन् । यी तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
पुलिसको आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल हुन् । तर सेमिफाइनलमा कुशल र तीव्र गतिका बलर करण केसी अस्वस्थको कारण खेलेका थिएनन् । फाइनल खेल्ने पनि कम सम्भावना छ । आसिफ र प्रदीपले जारी प्रतियोगितामा दुई पटक शतकीय साझेदारी गरेका छन् । ओपनर प्रदीप र आसिफले प्रदेश २ विरुद्ध १ सय २० र आर्मीविरुद्ध १ सय ५० रनको शतकीय साझेदारी गरेका थिए । यी दुई ब्याटरले राम्रो सुरुवात दिँदा लोकेश सहित अन्य ब्याटरले खुलेर रन बनाउँदै आएका छन् । लोकेश घातक बन्न सक्छन् ।

लोकेशले आर्मीविरुद्ध १४ बलमै नेपाली टि२० क्रिकेटको सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । त्यसअघि बागमतीविरुद्ध २१ बलमै अर्धशतक प्रहार गरेका थिए । आसिफले आर्मीविरुद्ध ८४ र प्रदेश २ विरुद्ध ६३ रनको इनिङ खेलेका थिए । प्रदीपले आसिफलाई राम्रो साथ दिँदै दुई अर्धशतक प्रहार गरेका छन् ।
मध्यक्रममा शरद भेषावकर, सन्दीप जोरा, सुमित महर्जन, दीपक बोहरा र अमरसिंह राउटेला हुँदा ब्याटिङमा गहिराई छ । तीव्र गतिका बलर अभिनाश बोहरा, कमलसिंह ऐरी र किशोर महतोले मजबुत छ । यता पुलिसका प्रमुख ओपनर कुशल खेल्ने वा नखेल्ने अनिश्चित छ । भुर्तेल नखेलेको खण्डमा शंकर रानाले ओपनिङ गर्नेछन् । दीपेन्द्र पुलिसका मुख्य हतियार हुन् । उनले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

आरिफ शेख, दीलिप नाथ र अनिल शाह मध्यक्रमका ब्याटर हुन् । तल्लोक्रममा योगेन्द्रसिंह कार्की र राशिद खानबाट पनि ब्याटिङको आशा गर्न सकिन्छ । सेमिफाइनल नखेलेका करणले फाइनल खेल्ने वा नखेल्ने निश्चित छैन ।
पुलिसले समूह चरणमा कर्णालीविरुद्ध २ सय ४४ रन बनाएको थियो । एपिएफले सेमिफाइनलमा सिनियर टोलीका खेलाडीको बाहुल्यता रहेको आर्मीविरुद्ध २ सय ३० रन जोडेको थियो । यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुनेछ । एपिएफ गतवर्ष प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप दुबैको फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । पुलिसले मेयर्स कपमा एपिएफलाई हराउँदै उपाधि जितेको थियो ।
प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी ९प्लेयर अफ द टुनामेन्ट० ले ३० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्ने छन् । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]