default_image

4 years ago

January 19, 2022

पुलिस टस जितेर फिल्डिङमा, करण, कमल र कुशल बेन्चमै

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

टियु मैदानमा पुलिसका कप्तान मन्जित श्रेष्ठले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पुलिसले टोलीमा एक परिवर्तन गरेको छ । ओपनर शंकर रानाको स्थानमा अमित श्रेष्ठलाई खेलाएको छ । एपिएफले टोलीमा परिवर्तन गरेको छैन ।

सेमिफाइनलमा बागमती प्रदेशविरुद्ध टोलीमा नभएका तीव्र गतिका बलर करण केसी र ओपनर कुशल भुर्तेल पुलिसको फाइनल टोलीमा पनि छैनन् । एपिएफमा तीव्र गतिका बलर कमलसिंह ऐरी पनि बेन्चमा छन् । कमल एपिएफको सेमिफाइनलमा त्रिभुवन आर्मीविरुद्ध टोलीमा थिएनन् ।

दुवै टोली अपराजित यात्राका साथ उपाधि जित्न चाहन्छन् ।पुलिस समूह ए मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । एपिएफले समूह बी मा अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । पुलिसले सेमिफाइनलमा बागमतीलाई ५० रन र एपिएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा पुगेका हुन् ।

एपिएफका आसिफ शेख, प्रदीप ऐरी र लोकेश बम प्रमुख हतियार हुन् । यी तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । पुलिसको आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल हुन् ।

पुलिसको प्लेइङ ११ :

पवन सरार्फ, अमित श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, दीलिप नाथ, आरिफ शेख, योगेन्द्रसिंह कार्की, राशिद खान, सागर ढकाल, गुलशन झा र मन्जित श्रेष्ठ (कप्तान) ।


एपिएफको प्लेइङ ११ :

आसिफ शेख, प्रदीप ऐरी, शरद भेषावकर (कप्तान), लोकेश बम, सन्दीप जोरा, भुवन कार्की, दीपक बोहरा, अमरसिंह राउटेला, पुरन विक, किशोर महतो र अभिनाश बोहरा ।

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.