default_image

4 years ago

January 19, 2022

पुलिसलाई उपाधि जित्न एपिएफको मध्यम लक्ष्य

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर अमरसिंह राउटेलाको राम्रो अन्त्यमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भयो । एपिएपफका अमरसिंह राउटेलाले तल्लोक्रममा १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रन बनाए । लोकेश बमले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडे ।

तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेख एज लागेर विकेटकिपर दीलिप नाथबाट ९ रनमा क्याच आउट भए । स्पिनर सागर ढकालले अन्तिम बलमा प्रदीप ऐरी ७ रनमा बोल्ड आउट गर्दा एपिएफ ४३–२ को अवस्थामा थियो ।
दीपेन्द्र सिंह ऐरीको पाँचौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बम लङअनमा अनिल शाहबाट २७ रनमा क्याच आउट भए । सागरको चौथो ओभरको चौथो बलमा लोकेशले ब्यक्तिगत २६ रनमा जीवनदान पाएका थिए ।

डिप विकेटमा गुलशन झा ले सहज क्याच ड्रप गरेका थिए । सागरको छैटौं ओभरको अन्तिम बलमा दीपक बोहरा स्लिपमा ६ रनमा आरिफ शेखबाट क्याच भएपछि एपिएफले खराब सुरुवात गरेको थियो । दीपेन्द्रको बलमा पुरन विक शून्यमा आरिफ शेखबाट क्याच भएपछि ६.२ ओभरमा एपिएफ ६२–५ को अवस्थामा पुगेको थियो ।

कप्तान शरद भेषावकरले २५ बलमा १ चौकासहित १९ रनमा आउट भए । १०४–७ को अवस्थामा पुगेको एपिएफलाई भुवन कार्की र अमरले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । भुवन २२ बलमा १ चौकासहित १७ रनमा क्याच आउट भए । किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाए ।


पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले ३.५ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १-१ विकेट लिए ।

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.