default_image

4 years ago

January 19, 2022

आसिफ प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका छन् । एपिएफलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका आसिफ प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिदा लुम्बिनी प्रदेशका स्पिनर अनिल खरेल उत्कृष्ट बलर चुनिए ।

प्रतियोगिता उत्कृष्ट ब्याटर नेपाल पुलिस क्लबका कुशल भुर्तेल चुनिएका छन् । एपिएफलाई च्याम्पियन बनाउन आसिफले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए । आसिफले ६ खेलमा २ अर्धशतक सहित कुल २ सय २७ रनका साथ शीर्ष स्थानमा रहे । आसिफले प्रदेश २ विरुद्ध ४५ बलमा ३ चौका र ५ छक्कासहित ६३ रन जोड्दै राम्रो सुरुवात गरेका थिए ।

बागमतीसँग १२, गण्डकीसँग १६ र लुम्बिनीसँग ४३ रनमा आउट भएका थिए । सेमिफाइनलमा आसिफले आर्मीविरुद्ध ४३ बलमा १० चौका र ५ छक्कासहित ८४ रनको इनिङ खेलेका थिए । फाइनलमा आसिफ ९ रनमा आउट भएका थिए । आसिफले सर्वोत्कृष्ट खेलाडी वापत ३० हजार प्राप्त गर्नेछन् ।

लुम्बिनी प्रदेशका अनिल खरेल प्रतियोगिता उत्कृष्ट बलर चुनिए । लुम्बिनी प्रदेशका बायाँ हाते स्पिनर अनिलले ४ खेलमा १० विकेट लिएका थिए । लुम्बिनी समूह बी बाट बाहिरिए पनि उनले राम्रो प्रभाव छाडेका थिए । अनिलले बागमतीसँग १, प्रदेश २ सँग ५ र गण्डकी प्रदेशविरुद्ध ४ विकेट लिएका थिए । अनिलले २० हजार प्राप्त गर्नेछन् ।

नेपाल पुलिसका कुशल भुर्तेल प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । अस्वस्थ कारण सेमिफाइनल र फाइनल नखेले पनि समूह चरणमा कुशलले उच्च प्रदर्शन गरेका थिए । कुशलले ४ खेलमा १ सय ४३ को स्ट्राइक रेटमा १ सय ८२ रन बनाएका थिए । कुशलले प्रदेश २ विरुद्ध २१ रन र आर्मीसँग ३५ रन जोडेका थिए । पुलिसले कर्णालीविरुद्ध २ सय ४४ रन बनाउँदा कुशलले ८२ रनको इनिङ खेलेका थिए । कुशलले उक्त खेलमा ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । कुशलले प्रदेश १ विरुद्ध ४४ रन जोडेका थिए ।

बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिएपनि उपाधि जिताउन सकेनन् ।

एपिएफका किशोर महतोले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । किशोर खेलको प्लेयर अफ द म्याच चुनिए । अमरसिंह राउटेला, अभिनाश बोहरा दीपक बोहराले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । एपिएपफका अमरसिंह राउटेलाले तल्लोक्रममा १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रनको योगदान दिए । लोकेश बमले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडे ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले ३।५ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १-१ विकेट लिए ।

विजेता एपिएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्नेछन् । पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो ।

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.