4 years ago
January 19, 2022
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को लिगको अन्तिम खेलमा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध खराब प्रदर्शन गरेका छन् । ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई २ सय ७४ रनको विशाल कीर्तिमानी लक्ष्य दिएको छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७३ रन बनायो । ग्लेन म्याक्सवेल ६४ बलमा २२ चौका र ४ छक्कासहित १ सय ५४ रनमा अविजित रहे । मार्कस स्टोइनिस ३१ बलमा ४ चौका र ६ छक्कासहित ७५ रनमा अविजित रहे ।
यो बिग ब्यास इतिहासकै सर्वाधिक ठूलो योगफल र व्यक्तिगत उच्च प्रदर्शन हो । यसअघि बिग ब्यासमा उच्च योगफल सिड्नी थन्डरले सिड्नी सिक्सर्सविरुद्ध गतवर्ष ५ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । व्यक्तिगत उच्च प्रदर्शन मेलबर्न स्टार्सकै मार्कस स्टोइनिसले २०२० मा सिड्नी सिक्सर्सविरुद्ध १ सय ४७ रनको अविजित इनिङ खेलेका थिए ।
म्याक्सेवलले ४१ बलमा शतक पूरा गरेका थिए । म्याक्सवेलको यो बिग ब्यास करिअरको दोस्रो शतक हो । जो क्लार्क १८ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । पहिलो विकेटका लागि जो क्लार्क र ग्लेन म्याक्सवेलले ७ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तेस्रो विकेटका लागि ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसले १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।
सन्दीपले ४ ओभरमा ५२ रन खर्चिदा कुनैपनि विकेट लिन सकेनन् ।
सन्दीपको प्रदर्शन
सन्दीपलाई होबार्टले तेस्रो ओभरमा बलिङमा ल्याएको थियो । तर सन्दीपको सुरुवात राम्रो हुन सकेन । सन्दीपले आफ्नो पहिलो ओभरमै १८ रन खर्चेका थिए । अष्ट्रेलिया विष्फोटक ब्याटर ग्लेन म्याक्सवेलले एकै ओभरमा चार चौकासहित सन्दीपको स्वागत गरेका थिए ।
सन्दीपले पहिलो बल म्याक्सवेललाई डट राखेका थिए । तर म्याक्सवेलले दोस्रो बलमा ओभर मिड अफ र तेस्रो बलमा स्क्यार लेगमा सन्दीपलाई चौका प्रहार गरेका थिए । चौथो बलमा दुई रन बटुलेका म्याक्सवेलले पाँचौं र छैटौं बलमा सन्दीपलाई लगातार चौका प्रहार गरेपछि महँगो सावित बनेका थिए ।
छैटौं ओभरमा सन्दीपले १० रन खर्चिए । पहिलो र दोस्रो बलमा म्याक्सवेलले दुई दुई रन बटुल्दै २० बलमा अर्धशतक पूरा गरेका थिए । तेस्रो बलमा सन्दीपलाई डीप प्वाइन्टमा सट प्रहार गर्दै दुई रन बटुलेका थिए । चौथो बलमा एक रन बुटले । पाँचौं बल सन्दीपले डट राखेका थिए । अन्तिम बलमा एक रन दिए ।
१३ औं ओभरमा सन्दीपले रन खर्चिए । पहिलो बलमा ग्लेन म्याक्सवेलले एक रन लिए । दोस्रो बल मार्कस स्टोइनिसलाई डट राखे । तेस्रो र चौथो बलमा सन्दीपले एक एक रन खर्चेका थिए । पाँचौ बल डट राख्दा छैटौं बलमा एक रन दिएका थिए ।
१८ औं ओभरमा सन्दीपलाई ग्लेन म्याक्सवेलले लगातार पाँच चौका प्रहार गरेका थिए । अन्तिम बलमा म्याक्सवेलले थर्डम्यानमा सट प्रहार गर्दै दुई रन बटुलेपछि सन्दीप एकै ओभरमा ६ बलमा ६ चौका खानबाट चुकेका थिए ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]