default_image

4 years ago

January 19, 2022

म्याक्सवेलद्धारा बिग ब्यास इतिहासकै उत्कृष्ट प्रदर्शन

236 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका विष्फोटक ब्याटर ग्लेन म्याक्सवेलले बिग ब्यास लिग इतिहासकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सका ब्याटर म्याक्सवेलले होबार्ट हरिकेन्सविरुद्ध बिग ब्यास इतिहासकै सर्वाधिक १ सय ५४ रनको अविजित इनिङ खेले ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७३ रन बनायो । ग्लेन म्याक्सवेल ६४ बलमा २२ चौका र ४ छक्कासहित १ सय ५४ रनमा अविजित रहे । यो विग ब्यास इतिहासमा एक खेलाडीले एक खेलमा बनाएको सर्वाधिक रन हो ।

म्याक्सवेलले मार्कस स्टोइनिसको कीर्तिमान तोडेका हुन् । मेलबर्न स्टार्सका मार्कस स्टोइनिसले गतवर्ष सिड्नी सिक्सर्सविरुद्ध १ सय ४७ रनको अविजित इनिङ खेलेका थिए । स्टोइनिसपछि होबार्टका म्याथ्यु वेडले १ सय ३० रनको अविजित इनिङ २०२० मा एडिलेड स्ट्राइकर्सविरुद्ध खेलेका थिए । जारी सिजनमा म्याक्सवेलको दोस्रो शतक हो ।

यसअघि गत डिसेम्बरमा म्याक्सवेलले सिड्नी सिक्सर्सविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै यस योगफल बिग ब्यास इतिहासकै सर्वाधिक ठूलो योगफल पनि हो । यसअघि बिग ब्यासमा उच्च योगफल सिड्नी थन्डरले सिड्नी सिक्सर्सविरुद्ध गतवर्ष ५ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो ।

जो क्लार्क १८ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । पहिलो विकेटका लागि जो क्लार्क र ग्लेन म्याक्सवेलले ७ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तेस्रो विकेटका लागि ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसले १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

स्टोइनिसले ३१ बलमा ४ चौका र ६ छक्कासहित ७५ रनमा अविजित रहे । सन्दीपले ४ ओभरमा ५२ रन खर्चिदा कुनैपनि विकेट लिन सकेनन् । जोश खान र जोर्डन थोम्पसनले १–१ विकेट लिए ।

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.