default_image

4 years ago

January 19, 2022

टि२० टिम अफ द इयरमा भारतीय खेलाडी परेनन्

254 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टि२० आई टिम अफ द इयरमा भारतका कुनैपनि खेलाडी अटाएका छन् । आइसिसीले पाकिस्तानका बाबर आजमको कप्तानीमा टि२० टिम अफ द इयर घोषणा गर्दा भारतका कुनैपनि खेलाडी अटाएनन् ।

बाबरसँगै पाकिस्तानका तीन खेलाडी अटाएका छन् । दक्षिण अफ्रिकाबाट स्पिनर तबरेज शाम्सी, शीर्षक्रमका ब्याटर एडेन माक्ररम र हिटर डेविड मिलर टिम अफ द इयरमा परेका छन् । अष्ट्रेलियाका मिचेल मार्श र तीव्र गतिका बलर जोश हेजलवुड टोलीमा छन् ।

भारतका विराट कोहली, जस्प्रित बुमराह र अफगानिस्तानका राशिद खान लगायतका विश्व चर्चित खेलाडी भने टोलीमा अटाएका छैनन् । सन् २०२१ को प्रदर्शनलाई आधार मानेर आइसिसीले टिम अफ द इयर घोषणा गरेको छ । ओपनरमा इंग्ल्यान्डका जस बटलर र पाकिस्तानका मोहम्मद रिजवान छन् । बटलरले यस वर्ष १४ खेलमा ५ सय ८९ रन बनाएका थिए । युएईमा भएको टि२० विश्वकपमा इंग्ल्यान्डलाई सेमिफाइनल सम्म पुर्याउन बटलरले उच्च प्रदर्शन गरेका थिए । शारजाहमा बटलरले श्रीलंकाविरुद्ध एक उत्कृष्ट शतक प्रहार गरेका थिए ।

पाकिस्तानका मोहम्मद रिजवानले यस वर्ष २९ खेलमा १ हजर ३ सय २६ रन बनाएका थिए । टि२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलमा पुर्याउन रिजवनाले उत्कृष्ट प्रदर्शन गरेका थिए । कप्तान बाबरले यस वर्ष २९ खेलमा ९ सय ३९ रन बनाएका थिए ।

दक्षिण अफ्रिका एडेन माक्ररमले १८ खेलमा ५ सय ७० रन बनाएका थिए । अष्ट्रेलियालाई टि२० विश्वकप दिलाउन नायक बनेका मिचेल मार्शले २१ खेलमा ६ सय २७ रन बनाएका थिए । डेविड मिलरले १७ खेलमा ३ सय ७७ रन बनाएका थिए । श्रीलंका स्पिनर वानिन्दु हसरंगाको लागि २०२१ एक उत्कृष्ट वर्ष रह्यो । वानिन्दुले २० खेलमा ३६ विकेट लिएका थिए ।

तबरेज शाम्सीले २२ खेलमा ३६ विकेट लिएका थिए । शाम्सी विश्व टि२० आई वरियता बलिङका शीर्ष स्थानमा छन् । अष्ट्रेलिया जोश हेजलवुडले १५ खेलमा २३ विकेट लिए । अष्ट्रेलियाले विश्वकप जित्दा उनको योगदान महत्वपूर्ण थियो । बंगलादेशका मुश्ताफिजुर रहमानले २० खेलमा २८ विकेट लिए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले २१ खेलमा २३ विकेट लिए । पाकिस्तानले विश्वकप इतिहासमा पहिलो पटक भारतलाई हराउँदा अफ्रिदी नायक बनेका थिए ।

आइसिसीको टि२० टिम अफ द इयर : जस बटलर, मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), एडेन माक्ररम, मिचेल मार्श, डेविड मिलर, तबरेज शाम्सी, जोश हेजलवुड, वानिन्दु हसरंगा, मुश्ताफिजुर रहमान र शाहिन शाह अफ्रिदी

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.