4 years ago
January 19, 2022
एजेन्सी – कप्तान टेम्बा बभुमा र रास्सी भान डर डुसेनको शतकमा दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा भारतलाई २ सय ९७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

बोल्यान्ड पार्क पार्लमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९६ रन बनायो । दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन ९६ बलमा ९ चौका र ४ छक्कासहित १ सय २९ रनको सानदार शतकीय इनिङ खेले ।
डुसेनको यो ओडिआई करिअरको दोस्रो शतक र उच्च प्रदर्शन हो । कप्तान टेम्बा बभुमा १ सय ४३ बलमा ८ चौकासहित १ सय १० रनमा क्याच आउट भए । चौथो विकेटका लागि बभुमा र डुसेनले १ सय ८४ बलमा २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गर्दै राम्रो योगफलमा पुर्याएका थिए ।
ओपनर क्विन्टन डि कक ४१ बलमा २ चौका सहित २७ रनमा बोल्ड आउट भए । जान्नेमान मलान ६ र एडेन माक्ररम ४ रनमा आउट भए । डेविड मिलर २ रनमा अविजित रहे । भारतका जस्प्रित बुमराहले १० ओभरमा ४८ रन खर्चेर सर्वाधिक २ विकेट लिए । रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]