default_image

4 years ago

January 19, 2022

शक्ति गौचन अध्यक्षमा पराजित

521 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा पराजित भएका छन् ।

shakti gauchan

बुधबार भैरहवामा सम्पन्न जिल्ला क्रिकेट संघको चौथो अधिवेशनमा शक्तिलाई हरिबहादुर थापाले २४ मत अन्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भए । हरिले ६४ र शक्तिले ४० मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्ष पदमा धिरज अधिकारी क्षेत्री, सचिवमा सञ्जय गुरुङ र कोषाध्यक्षमा निरज प्रताप खाँड निर्वाचित भएका छन् । धिरजले अर्का प्रत्याशित राजु खड्कालाई १६ मतले पराजित गरे । धिरजले ६० र राजुले ४४ मत प्राप्त गरेका थिए ।

सञ्जयले दीपक शर्मा भुर्तेललाई २६ मतले पराजित गरे । अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका सञ्जयले ६५ मत प्राप्त गर्दा युवा ओपनर कुशल भुर्तेलका बुवा दीपकले ३९ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष निरजप्रताप ५३ मतका साथ विजयी भए । उनका प्रत्याशि दीपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भईन् । भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भएका छन् । रुपन्देही जिल्ला क्रिकेट संघमा कुल १ सय १० जना सदस्य थिए । जसमध्य १ सय ५ जना निर्वाचनमा सहभागी थिए ।

विजयी प्यानलका थापा नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल निकट मानिन्छन् । नेपाली क्रिकेट इतिहासका सफल क्रिकेटर शक्तिले २०१८ मा नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । नेदरल्यान्ड्समा अगष्टमा भएको नेपालको पहिलो ऐतिहासिक ओडिआई खेलसँगै शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिएका थिए ।

सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपदेखि शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका थिए । अर्को वर्ष सिंगापुरमा एसीसी ट्रफीबाट उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’गरेका शक्तिल टी-२० विश्वकप, डिभिजन ५, ४ र ३ को हुँदै वान डे मान्यता प्राप्त सम्म शक्तिको योगदान महत्वपूर्ण थियो ।

नेपालले २००२ देखि २०१८ सम्म हात पारेका सफलतामा शक्तिको योगदान निकै महत्त्वपूर्ण थियो । २०१४ को टि२० विश्वकपमा शक्तिले उत्कृष्ट प्रदर्शन गरेका थिए । शक्तिले २०१२ मा युएईमा भएको टि२० विश्वकप छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक लिएका थिए । त्यसै वर्ष शक्तिले डिभिजन फोरमा मलेसियाविरुद्ध १० ओभरमा ८ मेडनसहित २ रन खर्चेर ३ विकेट लिँदै विश्व कीर्तिमान राखेका थिए । जुन बायाँ हाते अर्थोडक्स स्पिनरले सिमित ओभरमा गरेको सबैभन्दा कम इकोनमीको प्रदर्शन हो ।

२०१२ मा शक्ति इन्डियन प्रिमियर लिग (आइपिएल) को राजस्थान रोयल्समा टायल दिन गएका थिए । सन्न्यासपछि शक्तिले भैरहवामा स्टार क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् । वर्तमान सिनियर टोलीका अलराउन्डर कुशल मल्ल र स्पिनर सुशान भारी शक्तिका उत्पादन हुन् । शक्तिले आफ्नो स्वर्गिय वुवाको सम्झनामा खड्ग प्रसाद गौचन मेमोरियल यू-१६ प्रतियोगिता आयोजना गर्दै आएका छन् । त्यसको लागि यस सिजनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा शक्तिले ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरेका थिए ।

शक्तिले केही साताअघि इपिएल दौरान दिएको अभिव्यक्ति :

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.