default_image

4 years ago

January 20, 2022

टि२० विश्वकप छनोट : लोकेश र विवेक पहिलो पटक राष्ट्रिय टोलीमा

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बम र विवेक यादवलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले आगमी महिना हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ । १६ सदस्य टोलीमा तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी छैनन् ।

टोलीमा अनुभवी ब्याटर शरद भेषावकर, प्रदीप ऐरी र तीव्र गतिका बलर जितेन्द्र मुखियाले पुनरागमन गरेका छन् । क्यानका क्रिकेट म्यानेजर विनोद दासले सोमपाल फिट नभएर नपरेको छनोट समितिले आफूलाई जानकारी दिएको बताए । विवेक र लोकेशले घरेलु प्रतियोगितामा राम्रो छाप छाड्दै आएका छन् । दुबै आक्रामक ब्याटिङका लागि परिचित छन् ।

लोकेशले बुधबार सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसक्रममा लोकेशले १४ बलमै सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध अर्धशतक प्रहार गरेका थिए । त्यस्तै समूह चरणमा बागमतीविरुद्ध २१ बलमा अर्धशतक प्रहार गरेका थिए । विवेकले प्रदेश २ बाट खेल्दै लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ए मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र पिलिपिन्स समूह बी मा छन् ।

आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन् । समूह चरणको खेलपछि हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालले १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । १९ फेब्रुअरीमा पिलिपिन्स र २१ फेब्रुअरीमा क्यानडासँग खेल्ने तालिका । तर पनि आइसिसी र क्यानले औपचारिक रुपमा खेल तालिका भने घोषणा गरेका छैनन् । सेमिफाइनल २२ फेब्रुअरी र २४ फेब्रुअरीमा फाइनल खेल्नेछ ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.