4 years ago
January 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ मा होबार्ट हरिकेन्सको प्लेअफ खेल छाडेर स्वदेश फर्कने भएका छन् ।

सन्दीप अर्को महिना ओमानमा हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि स्वदेश फर्कने भएका हुन् । सन्दीप स्वदेश आएलगत्तै टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । होबार्टले बुधबार लिगको अन्तिम खेल मेलबर्न स्टार्ससँग खेलेको थियो ।
सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले सन्दीप शनिबारसम्म नेपाल आइपुग्ने बताए । ‘भोली (शुक्रबार) हिड्ने कुरा छ । उडानहरु हेरिरहेको छ । पर्सीसम्म (शनिबार) आइपुग्छन् होला,’ शिवाकोटीले भने ।
सन्दीपले मेलबर्न स्टार्ससँगको खेलपछि विदाई सन्देश दिएका छन् । ‘दुर्भाग्यपूर्ण यस सिजनमा यो खेल मेरो अन्तिम हो । अर्को वर्ष फर्कने आशा छ । टिमलाई साथ र सहयोग गरेकोमा धन्यवाद’, सन्दीपले भनेका छन् ।

होबार्टले एलिमिनेटर खेलमा शुक्रबार एडिलेड स्ट्राइकर्ससँग खेल्नेछ । सन्दीपले यस सिजन १४ खेलमा ५४.१ ओभर बलिङ गर्दै ४ सय २२ रन खर्चेर कुल १४ विकेट लिएका थिए । जसमा उत्कृष्ट प्रदर्शन ३–३२ थियो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए ।
त्यसअघिका दुई सिजन भने सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए । नेपाल फेब्रुअरी पहिलो साता ओमान जाने सम्भावना छ । विश्वकप छनोट अघि नेपालले सिरिज खेल्ने सम्भावना पनि छ । तर कुन टोलीसँग खेल्ने टुङ्गो भने लागेको छैन ।
अघिल्लो महिना नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण देखाउँदै पदमुक्त गर्दा सन्दीपलाई कप्तानीमा नियुक्त गरेको थियो । नेपालले सन्दीपको कप्तानीमा १६ सदस्य टि२० विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]