4 years ago
January 21, 2022
एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२२ को टि२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा छन् ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् ।
भारत र पाकिस्तानबीचको खेल २३ अक्टोबरमा मेलबर्न क्रिकेट मैदानमा हुनेछ । पहिलो चरणको समूह ए मा श्रीलंका, नामिबिया र छनोटबाट आउने दुई टोली रहने छन् । समूह बी मा वेस्टइन्डिज, स्कटल्यान्ड र छनोटबाट आउने दुई टोली हुनेछन् ।

पहिलो चरणका खेलहरु २१ अक्टोबरमा सकिनेछन् । साविक विजेता अष्ट्रेलिया र न्युजिल्यान्डबीच २२ अक्टोबरमा सिड्नी क्रिकेट मैदानमा खेल हुनेछ । त्यसै दिन पर्थमा इंग्ल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । सुपर १२ का समूह चरणका खेलहरु नोभेम्बर ६ सम्म चल्नेछन् । पहिलो सेमिफाइनल नोभेम्बर ९ र दोस्रो सेमिफाइनल नोभेम्बर १० मा हुनेछ । फाइनल नोभेम्बर १३ मा हुनेछ ।
गत अक्टोबर नोभेम्बरमा भएको टि२० विश्वकप २०२१ को उपाधि भने अष्ट्रेलियाले जितेको थियो । भारत र पाकिस्तान सुपर १२ को समूह २ मानै थिए । पाकिस्तानले विश्वकप इतिहासमै पहिलो पटक भारतलाई हराउने क्रममा १० विकेटको सानदार जित हात पारेको थियो । यी दुई देशबीच आन्तरिक राजनीतिको कारण आइसिसी र एसिसीको प्रतियोगिता बाहेक अन्य सिरिज भने खेल्दैनन् ।

आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र बी बाट दुई दुई टोली विश्वकपमा पुग्नेछन् । नेपाललले फेब्रुअरी १७ देखि ओमानमा सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने छ । नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन् । आयरल्यान्ड, बहराइन, जमर्नी र युएई छन् । फाइनलमा पुग्ने दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
तर आइसिसीले आधिकारीक रुपमा भने समूह विभाजन गरेको छैन । ग्लोबल छनोट बी जुलाईमा जिम्बावेमा हुने छ । जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । ग्लोबल छनोट बी बाट पनि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]