default_image

4 years ago

January 21, 2022

पन्तको आक्रामक ब्याटिङमा दक्षिण अफ्रिकालाई प्रतिस्पर्धात्मक लक्ष्य

134 views

0 Bookmark

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको आक्रामक ब्याटिङको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ सय ८८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

बोल्यान्ड पार्क पार्लमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । भारतका विकेटकिपर ऋषभ पन्तले ७१ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको योगदान दिए । शार्दुल ठाकुर ३८ बलमा ३ चौका र १ छक्कासहित ४० रनमा अविजित रहे । रविचन्द्रन आश्विन २४ बलमा १ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे ।

भारतलाई ओपनर शिखर धवन र लोकेश राहुलले ११.४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एडेन माक्ररमले धवनलाई २९ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । धवनले ३८ बलमा ५ चौका प्रहार गरे । स्पिनर केशव महाराजको बलमा विराट कोहली कभरमा कप्तान टेम्बा बभुमाबाट डक आउट भएका थिए ।

कप्तान लोकेश राहुल ७९ बलमा ४ चौकासहित ५५ रनमा क्याच आउट भए । श्रेयस ऐर ११ र वेंकटेश ऐर २२ रनमा आउट भए । दक्षिण अफ्रिका तबरेज शाम्सीले सर्वाधिक २ विकेट लिए । सिसान्दा मगला, एडेन माक्ररम, केशव महाराज र एन्डिले फेहलुकवयोले १–१ विकेट लिए । तीन ओडिआई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.