default_image

4 years ago

January 21, 2022

भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

249 views

0 Bookmark

एजेन्सी – ओपनर क्विन्टन डी कक र जान्नेमान मलानको उत्कृष्ट ब्याटिङको सहयोगमा दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा भारतमाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै तीन ओडिआई खेलको सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै २-० ले जितेको छ ।

२ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका जितमा ओपनर मलानले १ सय ८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । तीव्र गतिका बलर स्प्रित बुमराहले बोल्ड गरेपछि मलान आफ्नो ओडिआई करिअरको चौथो शतक बनाउन ९ रनले चुकेका थिए ।

अर्का ओपनर क्विन्टन डी ककले ६६ बलमा ७ चौका र ३ छक्कासहित आक्रामक ७८ रन जोड्दै आउट भएका थिए । डि कक शार्दुल ठाकुरको बलमा एलबीडब्लू धपरापमा परे ।

पहिलो विकेटका लागि ओपनर मलान र डि ककले २२ ओभरमा १ सय ३२ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । कप्तान टेम्बा बभुमा स्पिनर युजभेन्द्र चहलको बलमा ३५ रनमा कट एण्डबोल्ड आउट भए ।

युवा ब्याटर एडेन माक्ररम ४१ बलमा ४ चौकासहित ३७ रनमा अविजित रहे । रास्सी भान डर डुसेन ३८ बलमा २ चौका प्रहार गर्दै ३७ रनमा अविजित रहे । भारतका जस्प्रित बुमराह, शार्दुल ठाकुर र चहलले १–१ विकेट लिए।

त्यसअघि बोल्यान्ड पार्क पार्लमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । भारतका विकेटकिपर ऋषभ पन्तले ७१ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको योगदान दिए ।

शार्दुल ठाकुर ३८ बलमा ३ चौका र १ छक्कासहित ४० रनमा अविजित रहे । रविचन्द्रन आश्विन २४ बलमा १ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे ।

भारतलाई ओपनर शिखर धवन र लोकेश राहुलले ११.४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एडेन माक्ररमले धवनलाई २९ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । धवनले ३८ बलमा ५ चौका प्रहार गरे । स्पिनर केशव महाराजको बलमा विराट कोहली कभरमा कप्तान टेम्बा बभुमाबाट डक आउट भएका थिए ।

कप्तान लोकेश राहुल ७९ बलमा ४ चौकासहित ५५ रनमा क्याच आउट भए । श्रेयस ऐर ११ र वेंकटेश ऐर २२ रनमा आउट भए । दक्षिण अफ्रिका तबरेज शाम्सीले सर्वाधिक २ विकेट लिए ।

सिसान्दा मगला, एडेन माक्ररम, केशव महाराज र एन्डिले फेहलुकवयोले १–१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३१ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम ओडिआई खेल केप टाउनमा आइतबार हुनेछ ।

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.