4 years ago
January 22, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले टेस्ट टोली आयरल्यान्डसहित चार टोली सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अघि नेपालले चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, ओमान, आयरल्यान्ड र युएई गरि चार देशबीच हुने टि२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । चार देशले एक अर्काबीच सिरिज खेल्नेछन् । नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्ने छ । दोस्रो खेल फेब्रुअरी १२ मा युएई र तेस्रो तथा अन्तिम खेल नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ । विश्वकप छनोट अघि तयारको लागि उक्त सिरिज आयोजना हुन लागेको हो ।
फेब्रुअरी १५ देखि ग्लोबल छनोट ए सुरु हुनेछ । नेपाल, ओमान, फिलिपिन्स र क्यानडा समूह बी मा छन् । आयरल्यान्ड, बहराइन, जमर्नी र युएई समूह ए मा छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् । नेपाल सन् २०१४ पछि पहिलो पटक विश्वकपमा स्थान बनाउने सोचमा छ ।

नेपालले सन्दीप लामिछानको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा ओमान, फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडासँग खेल्ने बताइएको छ । यद्यपी औपचारिक रुपमा खेल तालिका भने सार्वजनिक भएको छैन ।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]