4 years ago
January 22, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आइपिएलले कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको जनाएको छ । जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन् ।

एसोसियट देशबाट ४१ खेलाडी रहेका छन् । नेपालबाट मात्रै १५ खेलाडीले नाम दर्ता गराएका छन् । कुन कुन खेलाडीले नाम दर्ता गराएको खुलाइएको छैन । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले अहिलेनै नाम सार्वजनिक गर्न नमिल्ने बताए ।
सर्वाधिक धेरै टि२० विश्वकप च्याम्पियन अष्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, आयरल्यान्डबाट ३, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्टइन्डिजबाट ४१ र जिम्बावेबाट २ खेलाडी छन् ।
नेपालबाट १५ र नामिबियाबाट ५ खेलाडीले नाम दर्ता गराएका छन् । त्यस्तै अमेरिका १४, भुटान, नेदरल्यन्ड्स, स्कटल्यान्डबाट १–१ खेलाडीले नाम दर्ता गराएका छन् । ओमानबाट तीन खेलाडीले नाम दर्ता गराएका छन् । एसोसियटबाट नेपालबाट सर्वाधिक खेलाडीले नाम दर्ता गराएका हुन् । टेस्ट टेली ओयरल्यान्ड, जिम्बावे, बंगलादेश भन्दा बढी नेपालबाट खेलाडीले नाम दर्ता गराएका छन् ।

भुटानबाट मिक्यो दोर्जी रहेको अनुमान गरिएको छ । उनी भारतमै बस्दै अभ्यास गर्ने गर्दछन् । गत असोजमा एभरेष्ट प्रिमियर लिग (इपिएल) ललितपुर प्याट्रियटर्सबाट खेलेका थिए । १० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरि सकेका छन् । दर्ता गराएको नामबाट आइपिएलमा सर्ट लिट हुनेछ । सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन् ।
आइपिएल अक्सन फेब्रुअरी १२ र १३ म हुने भनिएको छ । तर आइपिएलले औपचारिक रुपमा घोषणा भने गरेको छैन । यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागीता रहने छ । १० टोली हुने हुँदा सन्दीप लामिछाने सहित केहि नेपाली खेलाडीको सम्भावना रहन्छ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]