default_image

4 years ago

January 23, 2022

स्टोक्स, स्टार्क, गेलसहित ८ स्टारले आइपिएल नखेल्ने

262 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्स र अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क सहित विश्व क्रिकेटका ८ स्टार खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ नखेल्ने निर्णय लिएका छन् ।

आइपिएल २०२२ को मेगा अक्सनमा ३ सय १८ विदेशी खेलाडीले नाम दर्ता गर्दा स्टोक्स सहितका खेलाडी भने छैनन् । स्टोक्स, स्टार्कसँगै तीव्र गतिका बलर जोफ्रा आर्चर, क्रिस वोक्स, शीर्षक्रमका ब्याटर जो रुट, वेस्टइन्डिजका आक्रामक ब्याटर क्रिस गेल , इंग्ल्यान्डका टम करन र साम करन दाजुभाइले पनि अक्सनमा आफ्नो नाम दिएका छैनन् । यी खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटलाई मध्यनजर गर्दै मेगा अक्सनमा आफ्नो नाम नदिएको बुझिएको छ ।

यसै साता इंग्ल्यान्डले एसेज सिरिजमा अष्ट्रेलियासँग लज्जास्पद ४–० को हारपछि बेन स्टोक्सले आफू आइपिएल नभएर काउन्टी च्याम्पियनसिप खेल्ने बताएका थिए । साम करन र आर्चर भने चोटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पूनरागमन गर्ने प्रयासमा छन् । इंग्ल्यान्डका खेलाडी घरेलु प्रतियोगिता र सिजनमा केन्द्रित रहेको बुझिएको छ ।

अष्ट्रेलिया तीव्र गतिका बलर स्टार्कले २०१५ पछि आइपिएल खेलेका छैनन् । उनले पछिल्ला केहि सिजनमा अक्सनमै आफ्नो नाम दिएका छैनन् । रुटले भने अक्सनमा नाम दर्ता गराउँदैनन् । स्टोक्स र आर्चर राजस्था रोयल्सबाट आइपिएल खेलेका थिए । गत सिजन आर्चरले चोटका कारण आइपिएल खेलेका थिएनन् । बेन स्टोक्सले गत सिजनमा एक मात्र खेल खेलेका थिए । चोटका कारण पहिलो खेलपछि उनले खेलेका थिएनन् । बेन स्टोक्सलाई १२ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । आर्चरले ७ करोड २० लाख भारु एक सिजनको पारिश्रमिक पाउँदै आएका थिए ।

क्रिस गेल आइपिएल इतिहासकै एक उत्कृष्ट र सफल ब्याटर हुन् । आइपिएल सुरुवाती सिजन २०८८ देखि खेल्दै आएका थिए । ४२ वर्षिय क्रिस गेल खेलाडी जीवनको अन्तिम समयमा छन् । पछिल्ला सिजनहरु गेलले पन्जाब किंग्सबाट २ करोड भारुमा खेल्दै आएका थिए ।

गेलले १ सय ४२ आइपिएल खेलमा ६ शतक र ३१ अर्धशतक सहित ४ हजार ९ सय ६५ रन बनाएका छन् । गेलले २०१३ मा बेंगलोरबाट राइजिङ पुणे सुपर जाइन्ट विरुद्ध एकै खेलमा १ सय ७५ रनको इनिङ खेलेका थिए । जुन टि२० इतिहासकै सर्वाधिक रन हो । साम करन चेन्नईबाट पछिल्ला दुई सिजन खेलेका थिए । टम करन दिल्ली क्यापिटल्सबाट पछिल्लो सिजन खेलेका थिए ।

यसै वर्ष अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा टि२० विश्वकप हुँदैछ । आइपिएल अप्रिल-मे मा हुनेछ । फिटनेस र टि२० विश्वकपको कारण केहि स्टार खेलाडीले पछि नाम फिर्ता लिन सक्ने सम्भावना पनि छ । अष्ट्रेलिया टेस्ट कप्तान प्याट कमिन्स, जोश हेजलवुड, डेविड वार्नर, स्टिभ स्मिथ, दक्षिण अफ्रिका क्विन्टन डि कक, फाफ डु प्लेसिस, कागिसो रबाडा लगायतका खेलाडीले आफ्नो मूल्य न्युनतम २ करोड भारु तोकेका छन् ।

भारतीय रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, दीपक चाहर, शिखर धवन, श्रेयस ऐर, ईशान किशन, सुरेश रैना, अम्बाति रायुडू, मोहम्मद शामी, शार्दुल ठाकुर र देवदत्त पाडिक्कल लगायतका खेलाडीले आफ्नो न्यूनतम मूल्य दुई करोड भारु तोकेका छन् ।

आइपिएलमा एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउँछन् । बढीमा ८ मात्र विदेशी खेलाडी राख्न पाइने छ । सबै फ्रेन्चाइजले कम्तिमा एक एक विदेशी खेलाडी टोलीमा राखि सकेका छन् । यो अवस्थामा अक्सनमा ७० विदेशी खेलाडी विक्नेछन् । जसमा विश्वका स्टार खेलाडी सहभागी हुनेछन् ।

यदि कुनै फ्रेन्चाइज टोलीले खेलाडीको नाम दर्ता गराउनु परेको खण्डमा २५ जनवरी सम्म गराउन सक्नेछन् । २८ जनवरीमा अक्सनमा जाने खेलाडीको नाम फाइनल हुनेछ । अक्सनमा १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन् ।

कुल खेलाडीमा २ सय ७० क्याप्ड (राष्ट्रिय टोलीबाट खेलेको) , ९ सय ३ अनक्याप्ड र ४१ एसोसियट देशबाट छन् । एसोसियटमा सर्वाधिक धेरै नेपालबाट १५ खेलाडी छन् । उक्त १५ खेलाडी मध्य सर्ट लिस्टमा पर्ने खेलाडी मेगा अक्सनमा जानेछन् । यस सिजनदेखि १० टोली हुने हुँदा सन्दीप सहित केहि नेपाली खेलाडीको सम्भावना पनि रहन्छ ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.