default_image

4 years ago

January 22, 2022

आइपिएलमा नाम दर्ता गराउने १५ नेपाली खेलाडी

276 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कप्तान सन्दीप लामिछाने देखि शरद भेषावकर सम्मका खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् ।

क्यानका अनुसार आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका हुन् ।

आइपिएलले २५ जनवरी सम्म फ्रेन्चाइज लिगलाई कुनै खेलाडीको नाम दर्ता गराउन पर्ने भए समय दिएको छ । त्यसपछि आइपिएलले खेलाडीको नाम सर्टलिष्ट गर्नेछ । सर्ट लिष्टमा पर्ने खेलाडी मात्र मेगा अक्सनमा जाने छन् । नेपालबाट मेगा अक्सनमा सन्दीप लामिछानेको नाम जाने निश्चित छ । अन्य खेलाडी सर्ट लिष्टमा परेको खण्डमा मेगा अक्सनमा जाने छन् । आइपिएलले कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको जनाएको छ । जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन् ।

एसोसियट देशबाट ४१ खेलाडी रहेका छन् । सर्वाधिक धेरै टि२० विश्वकप च्याम्पियन अष्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, आयरल्यान्डबाट ३, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्टइन्डिजबाट ४१ र जिम्बावेबाट २ खेलाडी छन् ।

नेपालबाट १५ र नामिबियाबाट ५ खेलाडीले नाम दर्ता गराएका छन् । त्यस्तै अमेरिका १४, भुटान, नेदरल्यन्ड्स, स्कटल्यान्डबाट १–१ खेलाडीले नाम दर्ता गराएका छन् । ओमानबाट तीन खेलाडीले नाम दर्ता गराएका छन् । एसोसियटबाट नेपालबाट सर्वाधिक खेलाडीले नाम दर्ता गराएका हुन् । टेस्ट टेली ओयरल्यान्ड, जिम्बावे, बंगलादेश भन्दा बढी नेपालबाट खेलाडीले नाम दर्ता गराएका छन् ।

१० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरि सकेका छन् । दर्ता गराएको नामबाट आइपिएलमा सर्ट लिट हुनेछ । सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन् ।

आइपिएल अक्सन फेब्रुअरी १२ र १३ मा हुने भनिएको छ । तर आइपिएलले औपचारिक रुपमा घोषणा भने गरेको छैन । यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागीता रहने छ । १० टोली हुने हुँदा सन्दीप लामिछाने सहित केहि नेपाली खेलाडीको सम्भावना रहन्छ । एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउनेछन् । जसमा ८ विदेशी खेलाडी हुने छन् । १० विदेशी खेलाडी रिटेन भई सकेको अवस्थामा अव ७० विदेशी खेलाडी आइपिएल अक्सनमा विक्नेछन् ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.