4 years ago
January 23, 2022
एजेन्सी – ओपनर तथा विकेटकिपर क्विन्टन डी ककको शतकको सहयोगमा दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतलाई २ सय ८८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

केप टाउनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका ४९.५ ओभरमा २ सय ८७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका क्विन्टन डि ककले १ सय ३० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय २४ रनको शतकीय योगदान दिए । डि ककको ओडिआई करिअरको १७ औं शतक हो ।
रास्सी भान डर डुसेनले ५९ बलमा ४ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । एक समय ७०–३ को कमजोर अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई चौथो विकेटका लागि डि कक र डुसेनले १ सय ४४ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।

तीव्र गतिका बलर दीपक चाहरले ओपनर जानेमान मलानलाई एक रनमै विकेटकिपर ऋषभ पन्तबाट क्याच गराए । कप्तान टेम्बा बभुमा ८ रनमा रन आउट भए । डेविड मिलर ३९ बलमा ३ चौका र १ छक्कासहित ३८ रनमा आउट भए ।
भारतका प्रसिद्ध कृष्णाले ९.५ ओभरमा ५९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दीपक चाहर र जस्प्रित बुमराहले २–२ विकेट लिए । युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]