4 years ago
January 23, 2022
एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले भारतसँगको तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतमाथि चार रनको रोमान्चक जितका साथ क्लिनस्विप गरेको हो ।

२ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.२ ओभरमा २ सय ८३ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ८४ बलमा ५ चौकासहित सर्वाधिक ६५ रन बनाए । ओपनर शिखर धवन ७३ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा क्याच आउट भए ।
तल्लोक्रमका तीव्र गतिका बलर दीपक चाहरले ३४ बलमा ५ चौका र २ छक्कासहित ५४ रन जोड्दै भारतलाई जित नजिक पुर्याएका थिए । अन्तिम १८ बलमा भारतलाई जितको लागि १० रन चाहिँएको थियो । तर लुन्गी एनगिडीको १८ औं ओभरको पहिलो बलमा चाहर ड्वेन प्रेटोरियसबाट क्याच भएपछि भारतको जितको सम्भावना टाढिएको थियो ।
ओपनर तथा कप्तान लोकेश राहुल लुन्गी एनगिडीको बलमा जानेमान मलानबाट ९ रन मै क्याच भएका थिए । तर दोस्रो विकेटका लागि धवन र कोहलीले ९८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए ।
त्यसपछि ब्याटर सम्हाल्लिन नसक्दा भारत पराजित भएको हो । धवन एन्डिले फेहलुक्वायोको बलमा विकेटकिपर क्विन्टन डि ककबाट क्याच भए । यसै ओभरको अन्तिम बलमा ठूलो सट खेलेका पन्त सिसान्डा मगलाबाट क्याच भएपछि गोल्डेन डक पेभेलिएन फर्के ।

स्पिनर केशव महाराजको बलमा कोहली टेम्बा बभुमाबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । सूर्यकुमार यादव ३२ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा क्याच आउट भए । श्रेयस ऐर ३४ बलमा २ चौकासहित २६ रनमा आउट भए ।
दक्षिण अफ्रिका एन्डिले फेहलुक्वायोले ७ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । ड्वेन प्रेटिरियसले २, सिसान्डा मगला र केशव महाराजले १–१ विकेट लिए ।
त्यसअघि केप टाउनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका ४९.५ ओभरमा २ सय ८७ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका क्विन्टन डि ककले १ सय ३० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय २४ रनको शतकीय योगदान दिए । डि ककको ओडिआई करिअरको १७ औं शतक हो ।

रास्सी भान डर डुसेनले ५९ बलमा ४ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । एक समय ७०–३ को कमजोर अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई चौथो विकेटका लागि डि कक र डुसेनले १ सय ४४ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।
तीव्र गतिका बलर दीपक चाहरले ओपनर जानेमान मलानलाई एक रनमै विकेटकिपर ऋषभ पन्तबाट क्याच गराए । कप्तान टेम्बा बभुमा ८ रनमा रन आउट भए । डेविड मिलर ३९ बलमा ३ चौका र १ छक्कासहित ३८ रनमा आउट भए ।
भारतका प्रसिद्ध कृष्णाले ९.५ ओभरमा ५९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दीपक चाहर र जस्प्रित बुमराहले २–२ विकेट लिए । युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।

दक्षिण अफ्रिका पहिलो ओडिआई खेलमा ३१ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । भारतसँगको तीन टेस्ट सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले २-१ ले जितेको थियो ।
दक्षिण अफ्रिकाले अव न्युजिल्यान्डसँग दुई टेस्ट खेलको सिरिज खेल्नेछ । पहिलो टेस्ट १७ फेब्रुअरीदेखि सुरु हुनेछ । भारत र वेस्टइन्डिजबीच समान तीन ओडिआई र टि२० आई सिरिज हुनेछ । पहिलो ओडिआई खेल ६ फेब्रुअरीमा अहमदाबादमा हुनेछ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]