4 years ago
January 24, 2022
एजेन्सी – वेस्टइन्डिजका स्पिनर अकिल हुसेनले नेपाली तीव्र गतिका बलर सोमपाल कामीले आठ वर्षअघि टि२० आईमा १० औं नम्बरमा ब्याटिङ गर्दै बनाएको सर्वाधिक रनको विश्व कीर्तिमान तोडेका छन् ।

अकिलले इंग्ल्यान्डविरुद्ध दोस्रो टि२० आई खेलमा १६ बलमा ३ चौका र ४ छक्कासहित ४४ रनको अविजित इनिङ खेल्दै सोमपालको कीर्तिमान तोडेका हुन् । योसँगै अकिल टि२० आईमा दशौं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि उक्त कीर्तिमान सोमपाल कामीको नाममा थियो । सोमपालले २०१४ नोभेम्बरमा हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रनका साथ कीर्तिमान बनाएका थिए ।
अकिलले आक्रामक ब्याटिङ गरेपनि वेस्टइन्डिज एक रनले पराजित भएको छ । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित२० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । अकिलले अन्तिम ओभरमा सकिब महम्मदलाई दुई चौका र तीन छक्कागरि कुल २८ रन जोडेपनि झिनो हार टार्न सकेनन् ।
अकिलले अन्तिम तीन बलमा लगातार तीन छक्का प्रकार गरेका थिए । रोमारियो शेफर्ड २८ बलमा १ चौका र ५ छक्कासहित ४४ रनमा अविजित रहे । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।
जेसन रोयले ३१ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । टम ब्यान्टन २५, मोईन अली ३१ र क्रिस जोर्डनले २७ रन जोडे । वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले २–२ विकेट लिए । पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । तेस्रो खेल बुधबार हुनेछ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]