4 years ago
January 24, 2022
एजेन्सी – स्पिन अलराउन्डर मोईन अलीको अलराउन्ड प्रदर्शनमा इंग्ल्यान्डले वेस्टइन्डिजसँगको दोस्रो टि२० आई खेलमा एक रनको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित२० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । वेस्टइन्डिजका स्पिनर अकिल हुसेनले १६ बलमा ३ चौका र ४ छक्कासहित ४४ रनको अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
वेस्टइन्डिजलाई जितको लागि अन्तिम ६ बलमा ३० रन चाहिँएको थियो । अकिलले तीव्र गतिका बलर सकिव महम्मदलाई दुई चौका र तीन छक्का प्रहार गर्दै २८ रन जोडेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम तीन बलमा अकिलले लगातार तीन छक्का प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका थिए ।
योसँगै अकिल टि२० आईमा १० औं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । अकिलले २०१४ नेपाली तीव्र गतिका बलर सोमपाल कामीले हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाएको कीर्तिमान तोडेका हुन् ।

रोमारियो शेफर्ड २८ बलमा १ चौका र ५ छक्कासहित ४४ रनमा अविजित रहे । नवौं विकेटका लागि शेफर्ड र अकिलले २९ बलमा ७२ रनको अविजित साझेदारी गरेपछि खेल रोमान्चक बनेको थियो । ओपनर ब्रेन्डन किंग शून्य र शाई होप २ रनमा आउट भए । निकोलस पुरन २२ बलमा ३ चौका र १ छक्कासहित २४ र ड्यारेन ब्राभो २३ रनमा आउट भए । कप्तान आइरन पोलार्ड र जेसन होल्डर १–१ रनमा आउट भएपछि वेस्टइन्डिजको जित कठिन बनेको थियो ।
इंग्ल्यान्डका मोईन अलीले ४ ओभरमा २४ रन खर्चेर तीन विकेट लिए । आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । रोस टोपली र क्रिस जोर्डनले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जेसन रोयले ३१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । टम ब्यान्टन २५, जेम्स भिन्स ४, साम विलिंग्स ५ ओईन मोर्गन १३ रनमा आउट भए ।
मोईन अलीले २४ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । क्रिस जोर्डनले १५ बलमा २ चौका र १ छक्कासहित २७ रनको योगदान दिए ।
वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले २–२ विकेट लिए । पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा वेस्टइन्डिज ९ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]