default_image

4 years ago

January 24, 2022

अफ्रिदीले जिते वर्ष सर्वोत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड

225 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले दी सर गारफिल्ड सोबर्स ट्रफी फर दी आइसिसी प्लेयर अफ दी इयरको अवार्ड (वर्षको सर्वोत्कृष्ट खेलाडी ) जितेका छन् ।

अफ्रिदीले इंग्ल्यान्डका कप्तान जो रुट, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवानलाई पछि पार्दै आइसिसीको वर्ष सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

२०२१ मा अफ्रिदीले ३६ अन्तर्राष्ट्रिय खेलमा ७८ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । अफ्रिदीले टेस्ट र टि२० आईमा यो वर्ष उत्कृष्ट प्रर्दशन गरेका थिए । अक्टोबर नोभेम्बरमा युएईमा भएको टि२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनल सम्म पुर्याउन अफ्रिदीले उत्कृष्ट योगदान दिएका थिए ।

पाकिस्तानले सुपर १२ को बी को पहिलो खेलमै चिरपरिचित प्रतिद्धन्द्धी भारतलाई १० विकेटले हराउन अफ्रिदीले उत्कृष्ट बलिङ गरेका थिए । अफ्रिदीले रोहित शर्मा, लोकेश राहुल र विराट कोहलीलाई आउट गर्दै पाकिस्तानलाई जितको आधार तय गरेका थिए । पाकिस्तानले विश्वकप इतिहासमा पहिलो पटक भारतलाई हराउन सफल भएको थियो ।

स्विङ, गति र सटिक योर्करले अफ्रिदीले २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । महिलातर्फ उत्कृष्ट खेलाडीको अवार्ड भारतीय ओपनर ब्याटर स्मृति मन्धनाले जितेकी छिन् ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.