4 years ago
January 25, 2022
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२१ मा प्रदान गर्ने विभिन्न अवार्डमा पाकिस्तानका खेलाडीको बाहुल्यता रहेको छ । आइसिसीले घोषणा गरेको लगभग सबै प्रमुख अवार्डमा पाकिस्तानी खेलाडीले आफ्नो दबदबा राखेका छन् ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी, कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानले व्यक्तिगत र टिम दुवैतर्फ आफ्नो प्रभुत्व जमाएका छन् । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अप्रिदीले दी सर गारफिल्ड सोबर्स ट्रफी फर दी आइसिसी प्लेयर अफ दी इयरको अवार्ड (वर्षको सर्वोत्कृष्ट खेलाडी) को अवार्ड जिते । बाबर आजमले पुरुष ओडिआई क्रिकेटर अफ दी इयर अवार्ड जिते । विकेटकिपर रिजवानले पुरुष टि२० आर्ई क्रिकेटर अफ दी इयर अवार्ड जितेका छन् । आइसिसीले प्रदान गर्ने शीर्ष चार ब्यक्तिगत अवार्डमा तीन पाकिस्तानी खेलाडीले जितेका हुन् ।
पुरुष टेस्ट क्रिकेटर अफ दी इयर भने इंग्ल्यान्डका जो रुटले जितेका छन् । इमर्जिङ पुरुष क्रिकेटर अफ दी इयर दक्षिण अफ्रिका जानेमान मलानले जितेका छन् । वर्ष उत्कृष्ट खेलाडी चुनिएका अफ्रिदीले ३६ अन्तर्राष्ट्रिय खेलमा ७६ विकेट लिएका थिए । टि२० विश्वकपमा भारतविरुद्ध प्रदर्शन २०२१ कै एक उत्कृष्ट प्रदर्शन थियो ।
अफ्रिदीको उत्कृष्ट प्रदर्शनको सहयोगमा पाकिस्तानले टि२० विश्वकप इतिहासमा पहिलो पटक भारतलाई हराएको थियो । पाकिस्तानले टि२० विश्वकपमा भारतलाई १० विकेटले हराएको थियो । उक्त खेलमा अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अफ्रिदीले सुरुवातमै रोहित शर्मालाई शून्य र लोकेश राहुललाई तीन रनमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाए । विराट कोहलीलाई ५७ रनमा क्याच गराएका थिए । योर्कर र स्विङ बलको सहयोगमा अफ्रिदीले राज गरे । अफ्रिदीले २०२१ मा ९ टेस्ट खेलमा ४७ विकेट लिएका थिए ।

अगष्टमा वेस्टइन्डिजविरुद्ध पहिलो इनिङमा ६ र दोस्रोमा ४ विकेट लिएका थिए । टि२० क्रिकेटरको अवार्ड जितेका रिजवानले २०२१ मा २९ टि२० आई खेलमा १ शतक र १२ अर्धशतक सहित कुल १३ सय २६ रन बनाउँदै जादुमय प्रदर्शन गरे । भारतलाई १० विकेटले हराउनेक्रममा रिजवानले ७९ रनको अविजित इनिङ खेलेका थिए । फेब्रुअरीमा लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध रिजवानले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । टि२० विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध ६७ रनको इनिङ खेलेका थिए ।
कप्तान बाबरले ओडिआई क्रिकेटर अफ दी इयरको अवार्ड जिते । बाबरले तीनै शैलीमा उच्च प्रदर्शन गरे । बाबरले ६ ओडिआई खेलमा २ शतक र १ अर्धशतक सहित कुल ४ सय ५ रन बनाएका थिए । बाबरले ओडिआईमा इंग्ल्यान्डविरुद्ध जुलाईमा १ सय ५८ रनको इनिङ खेलेका थिए ।
अप्रिलमा दक्षिण अफ्रिकामा पहिलो ओडिआईमा बाबरले १ सय ३ रनको उत्कृष्ट शतकी इनिङमा पाकिस्तान तीन विकेटले विजयी भएको थियो । दक्षिण अफ्रिकाविरुद्ध तेस्रो ओडिआई खेलमा ९४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । पाकिस्तानले तीन ओडिआई सिरिज २–१ ले जितेको थियो । बाबर आइसिसीको टि२० र ओडिआई टोलीको पनि कप्तान हुन् ।
जो रुटले १५ टेस्ट खेलमा ६ शतक र ४ अर्धशतकसहित १७ सय ८ रन बनाएका थिए । रुटले गत वर्ष फ्रेब्रुअरीमा चेन्नईमा २ सय १८ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए । पुरुष तर्फ ब्यक्तिगत अवार्डमा पाकिस्तानका खेलाडीको बाहुल्यता रहँदा भारत र अष्ट्रेलियाबाट शून्य रहे ।
आइसिसी २०२१ को अवार्ड
सर गारफिल्ड सोबर्स ट्रफी फर आइसिसी पुरुष क्रिकेटर अफ द इयर – शाहिन शाह अफ्रिदी (पाकिस्तान)
आइसिसी वुमन्स क्रिकेटर अफ दी इयर – स्मृति मन्धना (भारत)
पुरुष टेस्ट क्रिकेटर अफ दी इयर – जो रुट (इंग्ल्यान्ड)
पुरुष ओडिआई क्रिकेटर अफ दी इयर – बाबर आजम (पाकिस्तान)
महिला ओडिआई क्रिकेटर अफ दी इयर – लिजेल ली (दक्षिण अफ्रिका)
पुरुष टि२० आई क्रिकेटर अफ दी इयर – मोहम्मद रिजवान (पाकिस्तान)
वुमन्स टि२० आई क्रिकेटर अफ दी इयर – ट्यामी ब्यूमन्ट (इंग्ल्यान्ड)
इमर्जिङ पुरुष क्रिकेटर अफ दी इयर – जानेमान मलान (दक्षिण अफ्रिका)
इमर्जिङ महिला क्रिकेटर अफ दी इयर– फतिमा साना (पाकिस्तान)
पुरुष एसोसियट क्रिकेटर अफ दी इयर –जिशान मकशुद (ओमान)
वुमन्स एसोसियट क्रिकेटर अफ दी इयर – आन्द्रे मी जीपेडा (अष्ट्रिया)
अम्पायर अफ द इयर – मारिस इरास्मुस (दक्षिण अफ्रिका)
टिम अफ द इयर
पुरुष टेस्ट टिम अफ २०२१ – दिमुथ करुणारत्ने (श्रीलंका), रोहित शर्मा (भारत), मार्नस लाबुसेन (अष्ट्रेलिया), जो रुट (इंग्ल्यान्ड), केन विलियम्सन (न्युजिल्यान्ड), फवाद आलम (पाकिस्तान), ऋषभ पन्त (भारत/विकेटकिपर), रविचन्द्रन आश्विन (भारत), काइल जेमिसन (न्युजिल्यान्ड), हसन अली (पाकिस्तान) र शाहिन शाह अफ्रिदी (पाकिस्तान) ।
पुरुष ओडिआई टिम अफ २०२१ – पाउल स्टर्लिङ (आयरल्यान्ड), जानेमान मलान (दक्षिण अफ्रिका), बाबर आजम पाकिस्तान/कप्तान ) फखार जमान (पाकिस्तान), रास्सी भान डर डुसेन (दक्षिण अफ्रिका), सकिब अल हसन (बंगलादेश), मुश्फिकुर रहिम (बंगलादेश), वानिन्दु हसंरगा (श्रीलंका), मुश्ताफिजुर रहमान (बंगलादेश), सिमी सिंह (आयरल्यान्ड) र दुश्मन्था चामिरा (श्रीलंका) ।
पुरुष टि२० टिम अफ २०२१ – जस बटलर (इंग्ल्यान्ड), मोहम्मद रिजवान (पाकिस्तान/विकेटकिपर), बाबर आजम (पाकिस्तान÷कप्तान), एडेन माक्ररम (दक्षिण अफ्रिका), मिचेल मार्श (अष्ट्रेलिया), डेविड मिलर (दक्षिण अफ्रिका), वानिन्दु हसरंगा (श्रीलंका), तबरेज शाम्सी (दक्षिण अफ्रिका), जोश हेजलवुड (अष्ट्रेलिया), मुश्ताफिजुर रहमान (बंगलादेश) र शाहिन शाह अफ्रिदी (पाकिस्तान) ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]