default_image

4 years ago

January 27, 2022

पोवेलको शतकमा वेस्टइन्डिजको सानदार जित

125 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर रोभम्यान पोवेलको शतकको सहयोगमा वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको । योसँगै पाँच टि२० आई सिरिजमा घरेलु टोली वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ ।

विहीबार विहान सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २४ रन बनायो । वेस्टइन्डिजका रोभम्यान पोवेलले ५३ बलमा ४ चौका र १० छक्कासहित १ सय ७ रनको शतकीय इनिङ खेले । पोवेल वेस्टइन्डिजबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । यसअघि क्रिस गेल र एविन लेविसले शतक प्रहार गरेका थिए ।

युवा विकेटकिपर निकोलस पुरनले ४३ बलमा ४ चौका र ५ छक्कासहित ७० रनको इनिङ खेले । तेस्रो विकेटका लागि पुरन र पोवेलले १ सय २२ रनको शतकीय साझेदारी गरेका थिए । इंग्ल्यान्डका रोस टोपली, जर्ज ग्रेटन, टाइमल मिल्स, लियामलिभिङस्टोन र आदिल राशिदले १–१ विकेट लिए ।

२ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो । इंग्ल्यान्डका युवा ओपनर टम ब्यान्टनले ३९ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए । फिलिप साल्टले २४ बलमा ३ चौका र ५ छक्कासहित ५७ रन बनाए ।

जेसन रोय १९, जेम्स भिन्स १६, लियाम लिभिङस्टोन ११ र कप्तान मोईन अली शून्यमा आउट भए । वेस्टइन्डिजका रोमारियो शेफर्डले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । कप्तान काइरन पोलार्डको नाममा २ विकेट रह्यो ।

पहिलो खेलमा वेस्टइन्डिज ९ विकेटले विजयी हुँदा दोस्रो खेलमा १ रनले पराजित भएको थियो । चौथो टि२० आई खेल आइतबार विहान हुनेछ ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.