default_image

4 years ago

January 27, 2022

कुलदीपको भारतीय टोलीमा पूनरागमन

196 views

0 Bookmark

एजेन्सी – स्पिनर कुलदीप यादवले भारतीय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । भारतले घरेलु मैदानमा हुने वेस्टइन्डिजसँग तीन ओडिआई सिरिजमा कुलदीप यादवलाई समेटेको छ । भारतले रोहित शर्माको कप्तानीमा वेस्टइन्डिजसँग हुने तीन ओडिआई र तीन टि२० आई सिरिजको लागि टोली घोषणा गरेको छ ।

कुलदीप भारतको ओडिआई टोलीमा मात्र छन् । पछिल्लो समय भारतको मध्यक्रम बलिङ कमजोर भएपछि भारतले कुलदीपलाई टोलीमा बोलाएको हो । यसै साता दक्षिण अफ्रिकासँग तीन ओडिआई सिरिजमा क्लिनस्विप हार बेहोरेको थियो ।

गत जुलाईमा श्रीलंका भ्रमणमा टोलीमा थिए । उक्त भ्रमणमा भारतले शिखर धवनको कप्तानीमा दोस्रो रोजाईको टोली पठाएको थियो । कुलदीप नहुँदा अर्का स्पिनर युजभेन्द्र चहलको प्रदर्शन पनि पछिल्लो समय खस्किएको छ । एक समय कुलदीप र चहलको जोडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

युवा लेगस्पिनर रवि विश्रोईले पहिलो पटक भारतीय टोलीमा परेका छन् । राजस्थानबाट घरेलु क्रिकेट खेल्ने विश्रोईनले यसअघिका दुई संस्करण आइपिएल पन्जाब किंग्सबाट खेल्दै राम्रो प्रभाव छाडेका थिए । यस सिजनको आइपिएलमा भने विश्रोई लखनऊमा हुनेछन् । पछिल्लो सिजन आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर आवेश खान र हर्षल पटेललाई पनि भारतले टोलीमा समेटेको छ ।


त्यस्तै स्पिन अलराउन्डर वासिन्टन सुन्दर र अक्षर पटेलले पनि पूनरागमन गरेका छन् । भारतले तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीलाई यस सिरिजमा विश्राम दिएको जनाएको छ । विकेटकिपर लोकेश राहुलले पहिलो ओडिआईमा उपलब्ध हुने छैनन् । तीनै ओडिआई खेल अहमदाबाद र तीन टि२० आई खेल कोलकतामा हुनेछन् ।

भारतको ओडिआई टिम –


रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, शिखर धवन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, दीपक हुडा, ऋषभ पन्त (विकेटकिपर), दीपक चाहर, शार्दुल ठाकुर, युजभेन्द्र चहल, कुलदीप यादव, वासिन्टन सुन्दर, रवि विश्रोई, मोहम्मद शिराज, प्रसिद्ध कृष्ण र आवेश खान ।

भारतको टि२० टिम –

रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ईशान किशन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, ऋषभ पन्त (विकेटकिपर), वेंकटेश ऐर, दीपक चाहर, शार्दुल ठाकुर, रवि विश्रोई, अक्षर पटेल, युजभेन्द्र चहल, वासिन्टन सुन्दर, मोहम्मद शिराज, भुवनेश्वर कुमार, आवेश खान र हर्षल पटेल ।


भारत र वेस्टइन्डिजबीचको खेल तालिका :

पहिलो ओडिआई – ६ फेब्रुअरी, अहमदाबाद

दोस्रो ओडिआई – ९ फेब्रुअरी, अहमदाबाद

तेस्रो ओडिआई – ११ फेब्रुअरी, अहमदाबाद

पहिलो टि२० आई – १६ फेब्रुअरी, कोलकता

दोस्रो टि२० आई – १८ फेब्रुअरी, कोलकता

तेस्रो टि२० आई – २० फेब्रुअरी, कोलकता

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.