4 years ago
January 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी, युवा ओपनर आसिफ शेख र कुशल भुर्तेल २०२२ को केन्द्रिय खेलाडी सम्झौता ( ग्रेड) मा बढुवा भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को विहीबार सम्पन्न बोर्ड बैठकले जारी गरेको नयाँ २०२२ को ग्रेडमा अलराउन्डर सोमपाल कामी ग्रेड बी बाट ए मा बढुवा भएका हुन् ।

चोटका कारण अर्को महिना हुने आइसिसी टि२० ग्लोबल विश्वकप छनोट ए गुमाएका सोमपाल नयाँ ग्रेडमा ए अटाएका छन् । २०२१ मा नेपालले अप्रिलमा घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज र सेप्टेम्बरमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई तथा पपुवा न्युगिनीसँग दुई ओडिआई खेलको सिरिज खेलेको थियो । सोमपालले त्रिकोणात्मक टि२० आई सिरिजमा ५ खेलमा ५ विकेट लिएका थिए । ओमान भ्रमणमा ६ खेलमा २ विकेट लिएका थिए । २०२१ को अन्तिम ६ महिना ग्रेडमा सोमपाल ग्रेड बी मा थिए ।
त्यस्तै त्रिकोणात्मक टि२० आई र ओमान भ्रमणमा उच्च प्रर्दशन गर्ने आसिफ शेख र कुशल भुर्तेल ग्रेड बी मा बढुवा भएका छन् । कुशलले त्रिकोणात्मक टि२० आई सिरिजमा ५ खेलमा ४ मा अर्धशतक सहित २ सय ७८ रन बनाएका थिए । डेब्यू सुरुवाती तीन खेलमा अर्धशतकका साथ विश्व कीर्तिमान बनाएका थिए । कुशल डेब्यूको सुरुवाती तीन खेलमा टि२० आईमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । ओमान भ्रमणमा कुशलले ६ खेलमा १ अर्धशतक सहित १ सय ४४ रन बनाएका थिए ।

आसिफले ओमान भ्रमणमा ६ खेलमा १ अर्धशतक सहित १ सय ८९ तथा त्रिकोणात्मक टि२० आई सिरिजमा १ सय ५४ रनका साथ उत्कृष्ट प्रभाव छाडेका थिए । युवा अलराउन्डर कुशल मल्ल र सुशान भारी भने ग्रेड बी बाट सी मा झरेका छन् । ओमान भ्रमणमा कुशल मल्लको प्रदर्शन सम्झन लायक थिएन । उनले ५ खेलमा ७ रन मात्र बनाएका थिए । युवा अलराउन्डर आरिफ शेख पनि ग्रेड बी मा बढुवा भएका छन् । ओमान भ्रमणमा आरिफ २ खेलमा ९ रन बनाएका थिए । टि२० आई त्रिकोणात्मक सिरिजमा एक खेलमा मौका पाएपनि ब्याटिङको अवसर पाएका थिएनन् ।
विक्रम सोबले पहिलो पटक ग्रेडमा अट्दै सी मा छन् । विक्रमले ओमान भ्रमणमा नेपालका लागि डेब्यू गर्दै ४ खेलमा ५ विकेट लिएका थिए । ओमान भ्रमणमा उच्च प्रदर्शन गरेका रोहित कुमार पौडेल ग्रेड सी मा छन् । ओमान भ्रमणमा रोहितले ६ खेलमा २ अर्धशतक सहित २ सय १७ रन बनाएका थिए । सन्दीप जोरा भने ग्रेडमै छैनन् । उनी यसअघि ग्रेड सी मा थिए ।
२०२२ को केन्द्रिय खेलाडी सम्झौता
पुरुषतर्फ :
ग्रेड ए :
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी
ग्रेड बी :
कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी
ग्रेड सी :
कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ
महिलातर्फ:
ग्रेड ए :
रुविना क्षेत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी
ग्रेड बी :
सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे
ग्रेड सी :
डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]