4 years ago
January 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर (महाप्रबन्धक) रौनक मल्लसँग पदअवधि सम्झौता नथप्ने भएको छ । क्रिकेट म्यानेजर विनोद दास र जनरल म्यानेजर रौनक मल्लको एक वर्षको सम्झौता अवधि २०२१ डिसेम्बर अन्तिममा सकिएको थियो ।

बिहीबार भैरहवामा बसेको क्यान बोर्ड बैठकले रौनक मल्लको सम्झौता नविकरण नगर्ने बोर्डबाट निर्णय गरेको छ । विनोद दासको भने क्याने एक वर्ष सम्भौता लम्बाएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले रौनकको सम्झौतान नथप्ने निर्णय बोर्डबाटनै पारित भएको जानकारी दिए ।
‘वहाँको एक वर्षको सम्झौता थियो । हामीले नथप्ने निर्णय गरेका हौं । रौनकको कार्य मूल्याङ्कन सन्तुष्ट नभएपछि सम्झौता नथप्ने निर्णय गरेका हौं, प्रशान्तले भने ।’ उनले त्यसैमा थपे, ‘विनोदको काम त देखिएकोनै छ । उनको सम्झौता थप एक वर्ष थपेका छौं ।’
क्यानले गत पुष २ मा मुख्य प्रशिक्षकमा अष्ट्रेलिया पूर्व ब्याट्सम्यान ह्वाटमोर, म्यानेजरमा विनोद दास र जनलर म्यानेजरमा रौनक मल्ललाई एक वर्षको लागि नियुक्त गरेको थियो । ह्वाटमोरले ब्याटिङमा नयाँ आशा देखाउँदै सम्झौता अवधि तीन महिना बाँकी छदानै गत असोजमा नेपाली क्रिकेटबाट राजीनामा दिएका थिए ।

रौनकले एक वर्ष अवधिमा कुनैपनि देखिने गरि काम गर्न सकेनन् । जनरल म्यानेजरको विशेष गरि प्रायोजक भित्र्याउँदै बोर्डलाई आर्थिक रुपमा बलियो बनाउने काम हुने गर्दछ । तर रौनकले कुनैपनि प्रायोजक नेपाली क्रिकेटमा भित्र्याउन सकेनन् । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामानै प्रायोजक ल्याउन नसकेपछि उनको झन चर्को आलोचना हुँदै आएको थियो ।
जसको कारण उनको सम्झौता नथप्ने निर्णय गरेको हो । विनोद दासबाट पनि अपेशा र आशा अनुसार काम भने हुन सकेको छैन । पछिल्लो समय खेलाडी विवाद समाधानमा भने विनोदको ठूलो हात थियो । दासलाई पनि थप उत्कृष्ट कामको लागि दबाब रहने छ । रौनकले मासिक पारिश्रमिक १ लाख १० हजार र विनोद दासले ९५ हजार पाउँदै आएका थिए ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]