4 years ago
January 28, 2022
एजेन्सी – पर्थ स्कोचर्सले बिग ब्यास लिग २०२१/२२ को उपाधि जितेको छ । पर्थले शुक्रबार साँझ सम्पन्न फाइनलमा सिड्नी सिक्सर्सलाई ७९ रनले हराउँदै चौथो पटक बिग ब्यास लिगको कीर्तिमानी उपाधि जितेको छ । योसँगै पर्थ बिग ब्यासमा चौथो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ ।

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी १६.२ ओभरमा ९२ रनमा अल आउट भयो । सिड्नीका ड्यानियल हग्सले ३३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४२ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ८ खेलाडी दोहोरो अंकमा रन नबनाई पेभेलिएन फर्केका थिए ।
पर्थका तीव्र गतिका बलर एन्ड्रयू टाईले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । झेय रिचर्ड्सनले २, जेसन बेहरनडोफ, एश्टन टर्नर र एश्टन अगरले १–१ विकेट लिए ।
त्यसअघि मेलबर्नमा टस हारेर ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । पर्थका लौरी इभान्सले ४१ बलमा ४ चौका र ४ छक्कासहित ७६ रनको अविजित विजयी इनिङ खेले । कप्तान एश्टन टर्नरले ३५ बलमा ४ चौका र १ छक्कासहित ५४ रनको इनिङ खेले ।
एक समय ६ ओभरमा २५–४ को कमजोर अवस्थामा पुगेको पर्थलई पाँचौं विकेटका लागि टर्नर र इभान्सले १ सय ४ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।
सिड्नीका नाथन लायन र स्टिभ ओकिफले २–२ विकेट लिए । पर्थले यसअघि २०१४, २०१५ र २०१७ मा उपाधि जितेको थियो । पर्थपछि सिड्नी सिक्सर्सले तीन पटक उपाधि जितेको छ । सिड्नीले २०१२, २०२० र २०२१ मा उपाधि जितेको थियो ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]