default_image

4 years ago

February 3, 2022

ओमानका प्रमुख खेलाडी अकिबले टि२० विश्वकप छनोट गुमाउने

201 views

0 Bookmark

एजेन्सी – ओमानका शीर्षक्रमका ब्याटिङ अलराउन्डर अकिब इलियासले घरेलु मैदानमा फेब्रुअरी १८ देखि सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए गुमाउने भएका छन् । अकिबले सामाजिक सञ्जालमार्फत आफूले बोन ट्युमरको कारण टि२० विश्वकप गुमाउने जनाएका छन् । योसँगै घरेलु टोली ओमानलाई टि२० विश्वकप छनोटमा ठूलो झड्का लागेको छ ।

‘मैले टि२० विश्वकप सहित आगमी ६–७ महिना क्रिकेट गुमाउने छु । मलाई बोन ट्युमर भएको छ । तर यो क्यान्सर होईन । अझैपनि ट्युमरको शल्यक्रिया गर्नुपर्छ’, अकिब निराश हुँदै लेखेका छन् । ‘ट्युमर शल्यक्रियापछि ठिक हुनेछ । केहि समय विश्रामपछि पूर्ण ठिक हुँदा आगमी प्रतियोगितामा फर्किने छु । यो समय खेलाडीहरुलाई सहज हुँदैन । राम्रो पूनरागमन गर्नेमा आशावादी छु’, उनले लेखेका छन् ।

नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ए मा छन् । आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह बी मा छन् । फाइनल पुग्ने शीर्ष दुई टोली आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि छनोट हुनेछन् । ओमान प्रमुख दाबेदार टोली हो ।

अकिबको सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा २०२० को फेब्रुअरीमा ओमानले नेपालमा भएको आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा शत प्रतिशत जित निकालेको थियो । सिरिजका ४ खेलमा उनले २ शतक सहित ३ सय २ रन बनाउनुको साथै १० विकेट लिए । पाकिस्तानी मूलका अकीबले सन् २०१५ देखि ओमानबाट खेल्दै आएका छन् । शीर्षक्रमका ब्याट्सम्यान तथा पार्टटाइम स्पिनर अकीब ओमानका प्रमुख खेलाडी हुन् ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालविरुद्ध अकीबले १ विकेट लिनुको साथै १६ रनमा आउट भएका थिए । दोस्रो खेलमा नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य दिएपनि पराजित हुन पुगेको थियो । उक्त लक्ष्य ओमानले मात्र २ विकेटको क्षतिमा १६ बल अगाडीनै पुरा गरेको थियो । त्यो सहज जित दिलाउन अकीब नायक बनेका थिए ।

बलिङमा १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका उनले ब्याटिङमा अविजित १ सय ९ रन बनाएपछि ८ विकेटले विजयी भएको थियो । १ सय ८ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै नेपाली समर्थक र खेलाडीलाई घरेलु मैदानमा निराश बनाएका थिए । जुन अकीबको करिअरको उच्च प्रर्दशन थियो ।

अमेरिकाविरुद्ध पहिलो खेलमा २ विकेट लिनुको साथै ७२ रन जोड्दै अलराउन्डर प्रर्दशन गरेका थिए । उनले अमेरिकाविरुद्ध दोस्रो खेलमा १ सय ५ रनको शतकीय इनिङका साथै ३ विकेट लिँदै सहज जित पक्का गराएका थिए ।

अकिबले ओमानबाट १७ ओडिआईमा २ शतक र ५ अर्धशतक सहित ८ सय १२ रन बनाउनुको साथै १९ विकेट लिएका छन् । २५ टि२० आई खेलमा ३ अर्धशतक सहित ५ सय १ रन बनाएका छन् ।

ओमानले अक्टोबर १८ मा नेपालसँग खेल्दै विश्वकप छनोटको सुरुवात गर्नेछ । दुबै टोलीलाई यस खेलको नतिजाले निर्णायक पार्नसक्ने बुझिएको छ । फेब्रुअरी १९ मा क्यानडा र फेब्रुअरी २१ मा फिलिपिन्ससँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउने छ । त्यसअघि ओमानले चारदेशबीचको टि२० आई सिरिज अन्तर्गत नेपालसँग फेब्रुअरी ११ मा खेल्नेछ ।

सिरिज अन्तर्गत नै १२ फेब्रुअरीमा आयरल्यान्ड र १४ फेब्रुअरीमा युएईसँग खेल्ने तालिका छ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईसँग तीन ओडिआई खेल खेल्नेछ । पहिलो खेल फेब्रुअरी ५, दोस्रो फेब्रुअरी ६ र तेस्रो फेब्रुअरी ८ मा हुनेछ ।

नेपालमा उत्कृष्ट प्रदर्शनपछि लेखिएको अकिबको जीवनी : नेपाली समर्थककै ‘फ्यान’ बने ओमानी स्टार अकिब

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.