default_image

4 years ago

August 7, 2020

नेपाली समर्थककै ‘फ्यान’ बने ओमानी स्टार अकिब

61 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

घरेलु टोलीविरुद्ध शतक प्रहार गरेपछि सामान्यतया ब्याट्सम्यानले उक्त शतकको खुसीयाली मनाउन ब्याट उठाएर आफ्नो ड्रेसीङ रुमतर्फ संकेत गर्छन् । तर ओमानी अलराउन्डर अकिब इलियास गत माघमा भएको त्रिकोणात्मक सिरिजमा नेपाली समर्थकबाट यति प्रभावित भए, उनले आफ्नो सम्पूर्ण सफलता आफ्नो टोलीभन्दा पहिला नेपाली समर्थकसँग साटे । सिरिजभर नेपाली समर्थक उनको खेलबाट प्रभावित भए नै, उनी पनि नेपाली समर्थकको खेलप्रतिको लगाव र समर्थनले गर्दा उनीहरुकै फ्यान बन्न पुगे ।

गत माघमा ओमानले नेपालमा भएको आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा शत प्रतिशत जित निकालेको थियो । यस सिरिजको नतिजाले ओमान विश्वकप लिग–२ को अंक तालिकामा शीर्षस्थानमा उक्लन सफल भयो । त्रिकोणात्मक सिरिजमा कीर्तिपुर मैदानमा युवा अलराउन्डर अकीब इलियासले ब्याटिङ र बलिङ दुवै पक्षमा जादुमयी प्रर्दशन गरेका थिए ।

सिरिजका ४ खेलमा उनले २ शतक सहित ३ सय २ रन बनाउनुको साथै १० विकेट लिए । पाकिस्तानी मूलका अकीबले सन् २०१५ देखि ओमानबाट खेल्दै आएका छन् । शीर्षक्रमका ब्याट्सम्यान तथा पार्टटाइम स्पिनर अकीब ओमानका प्रमुख खेलाडी हुन् ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालविरुद्ध अकीबले १ विकेट लिनुको साथै १६ रनमा आउट भएका थिए । दोस्रो खेलमा नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य दिएपनि पराजित हुन पुगेको थियो । उक्त लक्ष्य ओमानले मात्र २ विकेटको क्षतिमा १६ बल अगाडीनै पुरा गरेको थियो । त्यो सहज जित दिलाउन अकीब नायक बनेका थिए ।

बलिङमा १० ओभरमा मात्र ३६ रन खर्चेर ४ विकेट लिएका उनले ब्याटिङमा अविजित १ सय ९ रन बनाएपछि ८ विकेटले विजयी भएको थियो । १ सय ८ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै नेपाली समर्थक र खेलाडीलाई घरेलु मैदानमा निराश बनाएका थिए । जुन अकीबको करिअरको उच्च प्रर्दशन थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा २ विकेट लिनुको साथै ७२ रन जोड्दै अलराउन्डर प्रर्दशन गरेका थिए । उनले अमेरिकाविरुद्ध दोस्रो खेलमा १ सय ५ रनको शतकीय इनिङका साथै ३ विकेट लिँदै सहज जित पक्का गराएका थिए ।

अकीब आफू नेपालको समर्थकबाट प्रभावित बनेको बताउँछन् । ‘हामीलाई नेपालमा नेपाली समर्थकले साथ, समर्थन र माया दिए । त्यो क्षण उत्कृष्ट रहयो । झन्डै १० हजार दर्शकसामु खेल्न उत्कृष्ट पल थियो,’उनले भने, ‘म नेपालसँगको पहिलो खेलमा दुर्भाग्यवश रनआउट हुन पुगेको थिएँ । तर नेपालविरुद्ध घरेलु समर्थकसामु खेल्ने अर्को अवसर बाँकी थियो । दोस्रो खेलमा प्रभाव छोड्न सफल भएँ ।’

आफ्नो करिअरको पहिलो ओडीआई शतक प्रहार गर्दा दर्शकको साथले उक्त क्षण अविस्मरणीय रहेको अकिब बताउँछन् । ‘मैले नेपाली समर्थकसामु ओडिआई करिअरको पहिलो शतक प्रहार गरे । जुन शतक बयान गर्ने मसँग शब्द छैन । नेपाली समर्थक साँच्चै अद्भुत छन् । मैले त्यस्तो माहोलमा कहिल्यै खेल्न पाएका थिइनँ ,’ उनले अनुभव साटे ।

अकीबले नेपाल र इमर्जिङ टिम्स एसिया कपमा भारतविरुद्ध प्रहार गरेको शतक करिअरको उत्कृष्ट बताउँछन् । अकीबले शतकसँगै पहिला नेपाली समर्थक अनि पेभिलिएनमा बसेका आफ्ना टोलीलाई अभिनन्दन गरेका थिए । नेपाली समर्थकलाई धन्यवादस्वरूप ओमानका क्रिकेट टोली, अफिसियल, प्रशिक्षकले सिरिजपछि फर्किने बेलामा टीयु मैदानमा नेपाली समर्थकलाई बल, जर्सी, टोपी लगाएका सामग्री मायाको चिनोस्वरूप दिएका थिए ।

सन् १९९२ सेप्टेम्बर ६ मा पाकिस्तानको सिलायकोटमा जन्मेका अकीबको आफ्नै देश पाकिस्तानबाट खेल्ने सपना नभएको पनि होइन । तर अवसर नपाउँदा उनको सपना पूरा हुन सकेन । बुबा मुहम्मद इलियास र आमा नसरीन खवरसहित परिवार अकीब ६ महिनाको हुँदा ओमान सरेको थियो । बुबा र दाईले व्यापारमा कडा मिहिनेत र संघर्ष गरेपछि परिवार ओमानमै स्थापित भएर बसेको अकिब बताउँछन् ।

अकीब खाली समयमा पाकिस्तान जाने गर्दछन् । त्यहिं अभ्यास पनि गर्छन् । पाकिस्तानको टोलीबाट खेल्न पाएमा सपना साकार हुने बताउँछन् । ‘मैले दुबईमा केहि प्रमुख प्रतियोगिता खेलें । त्यसमा धेरै पाकिस्तानका राष्ट्रिय खेलाडी खेलेका थिए । मैले ब्याट्सम्यानको रुपमा खेल्दै राम्रो प्रर्दशन पनि गरे । मलाई सबैले पाकिस्तानको टोलीबाट खेल्न प्रयास गर्न सल्लाह दिएका थिए । तर म कारणवश यूएईबाट पाकिस्तान जान सकिन र फर्कन पर्यो । त्यसैले आफ्नो देशबाट खेल्न सकिन’, उनले भने,’ त्यसपछि मैले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशनका साथ ओमानको टोलीबाट खेल्न थालें ।’

अकीब नेपाली क्रिकेटमा प्रतिभा खेलाडीको कुनै कमी नरहेको बताउँछन् । ‘नेपालका खेलाडीमा निकै प्रतिभा छ । बलिङ स्तरिय छ । खेलाडी फिट छन् । तर नेपालको ब्याटिङ लाइनअपमा भने धेरै समस्या देखिन्छ । ब्याटिङमा स्थिरता हुनुपर्छ । त्यसको लागि सबैले ब्याटिङ सुधारको लागि पहल र ध्यान दिनुपर्छ ,’ अकिबले थपे ।

ओमान क्रिकेट टोली राम्रो बाटोमा हिँडिरहेको अकिबको अनुभव छ । ‘हाम्रो टोली धेरै सन्तुलित छ । हाम्रा अनुभवी ओपनरले राम्रो सुरुवात दिन्छन् । मध्यक्रममा सन्तुलन छ । कप्तान उत्कृष्ट छन् । म, जीशान, नदीम, सुरज र सन्दीप लगायतले ब्याटिङमा राम्रो गरिरहेका छौं । अन्य पनि राम्रो गर्दै आएका छन्,’ उनले थपे,’ बलिङमा बिलाल खान छन्, जो एसोसिएटकै उत्कृष्ट बलरमा पर्छन । पाकिस्तानबाट यु१९ खेलेका फैयाज बुट, नदीम, अनुभवी स्पिनर जीशान, खाबर अनि म पनि छुँ ।’

अकिबले आफ्नो लक्ष्य जुनसुकै स्तरमा पनि उत्कृष्ट प्रर्दशन गर्ने रहेको बताउँछन् । ‘केहि विश्व कीर्तिमान पनि आफ्नो नाममा लेखाउन चाहन्छु । पाकिस्तानी खेलाडी भएको नाताले इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्न पाउन्न । तर पनि बिग ब्यास, पाकिस्तान सुपर लिग, नेपालको एभरेष्ट प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिग लगायतका अन्य फ्रेन्चाइज लिग खेल्ने सपना छ’, उनले भने ।

ओमान क्रिकेट टोलीको आवको लक्ष्य टेष्ट मान्यता प्राप्त गर्ने रहेको र त्यसै अनुसार अघि बढेको बताउँछन् । त्यसको लागि खेलाडीको फिटनेश र क्षमता वृद्धीमा ध्यानदिनु पर्ने उनको बुझाई छ ।

अकीबको विचारमा करण केसी नेपालका एक उत्कृष्ट अलराउन्डर हुन् । सन्दीपले पनि राम्रो गर्दै आएको बताउँछन् । विशेषत नेपालको समर्थकली खेलाडीलाई निकै हौसला मिल्ने उनको बुझाइ छ । ‘नेपाली खेलाडी फिट र प्रतिभाशाली छन् । नेपाली क्रिकेटले समर्थकलाई न्याय गरिरहेको छ । साच्चै समर्थक अद्भुत छन् । नेपाली क्रिकेटलाई समर्थकले हृदयदेखि माया, सम्मान, हौसला बढाउनुको साथै उत्पेरणा र उर्जा प्रदान गर्दछन्,’ उनले भने, ‘नेपाली समर्थक नेपाली क्रिकेटका तारा हुन् । त्यसैले नेपाली समर्थकलाई ओमान र पाकिस्तानको तर्फबाट मेरो हृद्धयदेखि सम्मान र धन्यावाद ।’

अकीब नेपाली समर्थकसामु पुन: खेल्न आतुर छन् । उनको यो इच्छा फ्रेन्चाइज टि२० लिगबाट पुरा हुनेमा आशावादी छन् । नेपालमा आफूले पाएको माया र सम्मान अद्भुत रहेको हुँदा कहिल्यै भुल्न नसक्ने बताउँछन् ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.