default_image

4 years ago

February 4, 2022

बेबी एविको सानदार शतकमा दक्षिण अफ्रिकाको सुखद अन्त्य

143 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर डेवाल्ड ब्रेभिस (बेबी एवि) को सानदार शतकको सहयोगमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको लागि ७ औं स्थानको प्लेअफ खेलमा बंगलदेशलाई २ विकेटले पराजित गरेको छ ।

२ सय ९४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ४८.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा डेवाल्ड ब्रेभिसले १ सय ३० बलमा ११ चौका र ७ छक्कासहित १ सय ३८ रनको सानदार शतकीय इनिङ खेले । यो उनको जारी विश्वकपमा दोस्रो शतक हो ।
यसअघि उनले युगान्डाविरुद्ध १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । भारतविरुद्ध ६५, आयरल्यान्डसँग ९६ र इंग्ल्यान्डसँग ९७ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

उनको खेल्ने शैली हाउभाउ सबै पूर्व दक्षिण अफ्रिकी ब्याटर एवि डिभिलियर्ससँग मिल्ने हुँदा उनलाई बेबी एवि भनिन्छ । उनी यस विश्वकपमा ६ खेलमा ५ सय ६ रनका साथ सर्वाधिक रन बनाउनेमा शीर्षस्थानमा छन् । रोनन हेर्मनले ४६ र म्याथ्यु बस्टले ४१ रन बनाए । बंगलादेशका रिपन मोंडोल, मुश्फिक हसन, एसएम महरोबले २–२ विकेट लिए ।

त्यसअघि एन्टिुगुआमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै २ सय ९३ रन बनाएको थियो । बंगादेशका अरिफुल ईस्लामले १ सय ३ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २ रन बनाए । उनको लगातार दोस्रो शतक हो । उनले पाकिस्तानविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । पिएन नाबिलले ३८, मोहम्मद फहिम र मेहरोबले ३६–३६ रन बनाए ।

दक्षिण अफ्रिका केन्ना मफापाले सर्वाधिक तीन विकेट लिए । दक्षिण अफ्रिका क्वाटरफाइनलमा इंग्ल्यान्डसँग ६ विकेट तथा बंगलादेश भारतसँग ५ विकेटले पराजित हुँदै बाहिरिएका थियो । उपाधिको लागि शनिबार इंग्ल्यान्ड र भारत भिड्नेछन् । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ९६ रन र इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । भारत पाँचौं र इंग्ल्यान्ड दोस्रो पटक उपाधिको सोचमा हुनेछन् ।

एवि डिभिलियर्ससँग तुलना गरिएका डेवाल्ड ब्रेभिसको पूरा जीवनी : डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.