default_image

4 years ago

January 29, 2022

डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स

404 views

0 Bookmark

एवि डि भिलियर्स आधुनिक विश्व क्रिकेटकै चर्चित खेलाडी हुन् । आक्रामक, निडर स्वभाव र विष्फोटक ब्याटरको कुरा गर्दा एविको नाम विश्व क्रिकेटमा अग्रस्थानमा आउँछ । आफ्नो समयमा विष्फोटक ब्याटिङका साथ एवि जस्तासुकै बलरलाई सहजै घुँडा टेकाइदिन्थे । एवि विश्व क्रिकेटको पाएको एक अद्धभुत क्षमता भएका खेलाडी हुन् । उनी एक्लै खेलको दिशा मोड्न सक्ने खुबी भएका खेलाडी थिए ।

क्रिकेट मैदानमा जुनसुकै भागमा सटहरु प्रहार गर्न सक्ने खुबी भएका उनलाई मिष्टर ३६० डिग्रीको उप नाम दिएको थियो । उनको खेल्ने शैली र सटहरुको जति चर्चा गरेपनि कमनै हुन्छ । २०१८ मा अप्रत्याशित र अविश्वसनिय सन्न्यास लिएका डि भिलियर्सलाई सायद अब आधिकारिक खेलाडी जीवनमा मैदानमा देखिने छैन । तर उनको शैलीको खेल, याद र झल्कोहरु भने बारम्बार देखिन सक्छन् ।

युवा ब्याटर डेवाल्ड ब्रेभिसका रुपमा ‘एवि २.०’ को उदय भएको छ। १८ वर्षिय ब्रेभिसलाई दोस्रो एवि डिभिलियर्सको रुपमा हेरिएको छ । वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपमा गरेको प्रदर्शनले उनको उपनाम नै ‘बेबी एवि’ अर्थात् सानो एवि डि भिलियर्स रहन गयो । ब्रेभिसले प्रहार गर्ने सट, खेल्ने शैली, मैदानमा देखाउने चाल, ब्याट चलाउने शैली, सट छनोट सबै डि भिलियर्सको हाउभाउ छ । त्यसैले उनलाई ‘बेबी एवि’ उपनाम दिएको छ ।

जर्सी नम्बर १७ मा एविले जसरी नै सानदार प्रदर्शन गरेका छन् । एविको उचाई ५ फिट ११ इन्च हुँदा ब्रेभिसको ५ फिट १० इन्च छ । ब्रेभिसको हरेक पक्षले डिभिलियर्सको याद आउँछ ।

ब्रेभिसले यू–१९ विश्वकपमा सानदार ब्याटिङ गरे । दक्षिण अफ्रिका क्वाटरफाइनलमा इंग्ल्यान्डसँग ६ विकेटले पराजित भयो । तर उनले आफ्नो दबाब र रवाफ कायमै राखे । दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा भारतसँग ४५ रनले पराजित भयो । तर ब्रेभिसले ९९ बलमा ६ चौका र २ छक्कासहित ६५ को इनिङको साथ विश्वकपमा सुरुवात गरे ।

उनले युगान्डाविरुद्ध १ सय १० बलमा ११ चौका र १ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । आयरल्यान्डविरुद्ध ब्रेभिसले १ सय २२ बलमा ७ चौका र ४ छक्कासहित ९६ रनको इनिङ खेले । स्कर्ट म्याकबेथको बलमा ठूलो सट खेल्ने धुनमा उनी क्याच भएपछि लगातार दोस्रो शतक बनाउनबाट चार रनले चुकेका थिए ।

इंग्ल्यान्डसँग क्वाटरफाइनलमा ८८ बलमा ९ चौका र ४ छक्कासहित ९७ रनमा क्याच आउट भए । अन्य ब्याटर नचल्दा दक्षिण अफ्रिका क्वाटरफाइनलमै रोकिनु पर्यो । तर उनले आफ्नो प्रभाव र क्षमता भने चार खेलमै विश्व क्रिकेटमा देखाए । उनी आफ्नो शतकको लागि भन्दापनि टोलीको लागि बढी सोच्छन् । त्यसैले दुई पटक शतक नजिक पुगेर ठूलो सटको धुनमा विकेट गुमाए । ४ खेलमा एक शतक र तीन अर्धशतकसहित ३ सय ६२ रनका साथ उनी सर्वाधिक रन बनाउने सुचिमा शीर्षस्थानमा छन् ।

प्रभावशाली र उत्कृष्ट प्रदर्शन भन्दा डिभिलियर्ससँग ठ्याक्कै मिल्ने हरेक पक्षले विश्व क्रिकेटमा उनको चर्चा बढी भएको छ । ब्रेभिस उमेरले कलिलो भएपनि मैदानमा परिपक्व खेलाडीले जसरी प्रदर्शन गर्दछन् । निकै आक्रामक शैलीमा प्रस्तुत हुन्छन् । डिभिलियर्सले जसरीनै विपक्षी बलरलाई दबाबमा राख्न खोज्छन् । उनले क्रिजमा खुट्टा राख्ने शैली होस् या ब्याट चलाउने प्रक्रिया सबै एविसँग मिल्छ । निडर स्वभाव, क्लास, आक्रामक र ठूला सट तथा मैदानको सबै भागमा सट प्रहार गर्न सक्ने खुबी उनीमा पाइन्छ । ब्रेभिसको खेल हेर्दा एविसँग झुकिन सक्छन् ।

पछिल्लो समय ब्रेभिसले डिभिलियर्सलाई आफ्नो सल्लाहकार मान्दै आएका छन् । दक्षिण अफ्रिका एक रेष्टुरेन्टमा एक सेल्फीबाट सुरु भएको सम्बन्ध अहिले निकै गहिरो र आत्मिय बनेको छ । डि भिलियर्स उनका रोल मोडल हुन् । ब्रेभिसले पढ्ने स्कुल (अफ्रिकन्स होर सेउनस्कुल) डिभिलियर्सको पूर्व स्कुल हो ।

‘एक पटक डिभिलियर्स स्कुलमा गएको समयमा कक्षाबाट दौडिएर निस्कदै उनलाई भेटे । एविले आफ्ना अनुभव सुनाए । मेरा लागि धेरै अचम्म लाग्ने कथाहरु थिए । एविका हरेक कुरा सुन्दा निकै आनन्द आउँथ्यो । त्यसैक्रममा मैले उनको नम्बर मागें र उनले दिए’, ब्रेभिसले भने । आफ्ना नायकलाई भेट्न र फोटो खिच्न पाउनु आफैंमा एक ठूलो उपलब्धि र हर्षको क्षण थियो ।

‘केहि समय अघि इंग्ल्यान्डका पूर्व सफल कप्तान तथा आक्रामक ब्याटर केभिन पिटरसनको एउटा अन्तरवार्ता सुनेको थिए । उक्त अन्तरवार्तामा उनले भनेका थिए, तपाईंले बल खेल्नुपर्छ । चाहे त्यो सर्वोत्कृष्ट बलरनै किन नहोस् । मात्र बल खेल्नुपर्छ । बलरलाई हेर्ने होईन । सधैं आफ्नै खेल खेल्नुपर्छ । त्यहिँ सोचेर खेलेको थिएँ’, उनले विश्वकप प्रदर्शनबारे भने ।

‘दक्षिण अफ्रिकाका लागि खेल्ने मेरो सपना हो । तर म एउटा अलराउन्डरको रुपमा खेल्न चाहन्छु । म लेगस्पिन बलिङ गर्छु । त्यसमा काम गर्न अझ धेरै बाँकी छ । टि२० फ्रेन्चाइज लिग पनि खेल्ने सपना छ । विशेष गरि आइपिएल । मलाई आइपिएल मनपर्छ । मेरो दाई र म आइपिल हेर्ने गर्दछौं’, उनले भने ।

जारी विश्वकपमा उनले चार विकेट लिएका छन् । उनी १४ वर्षको हुँदा स्कुलको टोलीमा पहिलो पटक परेका थिए । उनले पढ्ने अफ्रिकन्स स्कुलमा एवि प्रसिद्ध विद्यार्थी हुन् । फाफ डु प्लेसिस पनि त्यसै स्कुलका उत्पादन हुन् ।

एविबाट उनले धेरै कुरा प्रेरणा र सफलता लिएका छन् । ब्रेभिसले सुरुमा दक्षिण अफ्रिका प्रिटोरिया कल्चर नामक रेष्टुरेन्टमा एविलाई भेटेका थिए । उनले आफ्नो नायकलाई देख्ने वितिक्कै एउटा तस्विर खिच्न अनुमति लिए । एविले सहजै स्वीकार गरे । अहिले ब्रेभिसले एविलाई सल्लाहकार मान्छन् । ‘लकडाउनको समयमा मैले वहाँलाई सम्पर्क गरे । केहिँ सल्लाह मागे । वहाँले मलाई सधैं जवाफ दिने समय बनाउनु भयो । वहाँको क्रिकेट व्याख्या गर्ने तरिका निकै सरल र सामान्य छ । वहाँको व्याख्या गर्ने शैली मन पर्छ’, उनले भने ।

ब्रेभिस आफ्नो रगतमा क्रिकेटसँगै हुर्किएको बताउँछन् । ब्रेभिस बच्चामा निकालेको पहिलो शब्दनै बल थियो रे । ‘मेरो पहिलो शब्द बल (अफ्रिकन फर बल) म मेरो दाई रेनार्डसँग घरको पछाडि क्रिकेट खेल्थें । उनी (दाइ) सँधैं बलिङ गर्न रुचाउँथे । म सधैं ब्याटिङ । त्यसले पनि मलाई धेरै सहयोग गर्यो । मेरो सपना सधैं दक्षिण अफ्रिका टोलीबाट खेल्ने नै हो’, उनले भने ।

ब्रेभिसको जन्म सन् २००३ को अप्रिल २९ मा बुबा ज्याक र आमा योलान्डाको कान्छो सन्तानको रुपमा जोहानसबर्ग ग्वाटेंगमा भएको हो । दक्षिण अफ्रिका क्रिकेट वातावरणबाट उनी प्रभावित भए । उनले क्रिकेट सिक्ने समयमा विश्व क्रिकेटमा एविको राज जस्तै थियो । एविको प्रदर्शनबाट उनी झनै प्रभावित भए । अहिले एविको झल्को मेटाउने बाटो दिएका छन् । उनले दक्षिण अफ्रिकामात्र नभएर विश्व क्रिकेटलाई नयाँ आशा र उत्साह थपेका छन् । किनभने एवि शैलीको खेलाडी विश्व क्रिकेटले पुन: पाउने आशा गरिएको छ ।

सम्भवत यू–१९ विश्वकपपछि उनलाई सिनियर टोलीमा बोलाउने अपेक्षा गरिएको छ । आइपिएलमा उनको मनपर्ने फ्रेन्चाइज टोली टोली रोयल च्यालेन्जर्स बेंगलोर नै हो । ब्रेभिसले भारतीय क्रिकेट टोली तथा बेंगलोरका स्टार ब्याटर विराट कोहलीलाई भेट्ने र सँगै क्रिकेट खेल्ने इच्छा राख्दै आएका छन् । अहिलेको शैलीमा प्रदर्शन गर्दै गएमा उनको आइपिएल खेल्ने सपना टाढा देखिदैन ।

एवि डिभिलियर्स बेंगलोरको ब्याटिङ प्रशिक्षक हुनेछन् । यू–१९ विश्वकपमा उनले जुन शैलीमा खेलेका छन् त्यसले आगामी दिनमा विश्व क्रिकेटमा जम्ने संकेत देखिन्छ । उनको उमेर बढ्दै जाँदा प्रदर्शन झनै निखार आउनेछ । त्यसैले ब्रेभिसले विश्व क्रिकेटमा दोस्रो एविको रुपमा राज गर्ने अनुमान गरिएको छ ।

एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.