default_image

2 years ago

February 18, 2022

ओमानविरुद्ध नेपालको टोलीमा शरद र गुलशन अन्तिम १४ बाहिर

88 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपालले पहिलो खेलमा आज घरेलु टोली ओमाानविरुद्ध पहिला ब्याटिङ गर्ने भएके छ । अल अमरेत क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

शरद आजको खेलमा अन्तिम १४ खेलाडीका लिष्टमा छैनन् । सम्भव त उनी चोटको कारण नभएको हुनुपर्छ । शरदको ठाउँमा नेपालले अन्तिम १४ को बेन्चमा प्रदीप ऐरीलाई राखेको छ । त्यस्तै गुलशन झाको स्थानमा नेपालले कुशल मल्ललाई बेन्चमा राखेको छ । गुलशन क्वारेनटाइन पूरा नभएको हुँदा अन्तिम १४ मा नभएका हुन् । कुशल र प्रदीप नेपालको वैकल्पिक खेलाडीको सूचिमा थिए ।

नेपालले आजको खेलमा प्रदीप ऐरी, कुशल मल्ल र स्पिनर सागर ढकाललाई बेन्चमा राखेको छ । वैकल्पिक फिल्डिरको रुपमा यी तीन खेलाडी प्रयोग गर्न सक्ने छ ।

नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल छन् । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । ऐरीले ओमानलाई हराउन ५३ बलमा ७३ रनको अविजित इनिङ खेलेका थिए । दीपेन्द्रले ओमानमा राम्रो लय र प्रदर्शन गरेका छन् । दीपेन्द्रको प्रदर्शनले नेपालको मध्यक्रमको आधार खडा गर्नेछ । उनीबाट ब्याटिङमात्र नभई पार्ट टाईममा पनि नेपालले ठूलो आशा राख्नेछ । उनले आयरल्यन्डविरुद्ध ४ विकेट लिएका थिए ।

आरिफ शेख, विवेक यादव र लोकेश बम तल्लोक्रममा खेल्नेछन् । मस्कटस्थित अल अमरेत १ नम्बर मैदान तीव्र गतिका बलरलाई सहयोग गर्ने भएकाले नेपालले तीव्र गतिका बलरमा कमलसिंह ऐरी, अभिनाश बोहरा र जितेन्द्र मुखियालाई निरन्तरता दिएको छ । अभिनाशले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । योर्करका लागि चर्चित अभिनाशले सिरिजमा ओमानसँग ३ विकेट लिएका थिए ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, लोकेश बम, आरिफ शेख, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

ओमानको प्लेइङ ११ :

जिशान मकसुद (कप्तान), शैद आमिर कलिम, मोहम्मद नसिम (विकेटकिपर), जतिन्दर सिंह, खवर अली, फैज बट, अयान खान, कश्याप प्रजापति, कलिमुल्लाह, बिलाल खान र शोएब खान ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.