default_image

2 years ago

February 18, 2022

ज्ञानेन्द्र र दीपेन्द्र दुबै आउट, संकटमा नेपाल

102 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र उच्च लयमा रहेका दीपेन्द्रसिंह ऐरीलाई सस्तैमा गुमाएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गर्दै १० ओभरमा ४ विकेट गुमाउँदै ४५ रन बनाएको छ । सुरुवाती १० ओभर सकिन नपाउँदै प्रमुख चार विकेट गुमाएपछि नेपाल ठूलो संकटमा परेको छ ।
क्रिजमा लोकेश बम २ र आरिफ शेख ७ रनमा अविजित छन् ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो ओभरमा ६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको अन्तिम बलमा आसिफ मिडअनमा खवर अलीबाट क्याच आउट हुन पुगे ।

आसिफले ५ बलमा १ चौका सहित ४ रन जोडे । कुशल बिलाल खानको तेस्रो ओभरको चौथो बलमा मिडविकेटमा ५ रनमा खवर अलीबाटनै क्याच आउट भए । कुशलले ८ बलमा १ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ललाई तीव्र गतीका बलर फैज बटले सातौं ओभरको पाँचौं बलमा १५ रनमा बोल्ड गरे ।

ज्ञानेन्द्रले १५ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्रले चार देश सम्मिलित टि२० आई सिरिजमा पनि कमजोर प्रदर्शन गरेका थिए । उक्त सिरिजमा ओमानसँग १३, युएईसँग २२ र आयरल्यान्डसँग ५ रनमा आउट भएका थिए ।

दीपेन्द्र नवौं ओभरको तेस्रो बलमा जिशान मकसुदलाई अघि बढेर सट खेल्नेक्रममा मिस भएपछि ११ रनमा विकेटकिपर नसिम खुशीबाट स्टम्पिङ आउट हुन पुगे । १८ बल खेलेका दीपेन्द्रले १ चौका प्रहार गरे । दीपेन्द्रले सिरिजमा ओमानविरुद्ध ७३ रनको अविजित इनिङ खेलेका थिए ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.